अनुगमनमा कडाई गरेपछि भत्ता पाउनेको सङ्ख्या घट्यो

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_19.html
शेरबहादुर भुजेल/दोलखा/वैशाख ६
जिल्ला विकास समितिले अनुगमनमा कडाई गरेपछि चालु आर्थिक वर्षमा दोलखा जिल्लामा भत्ता पाउनेको सङ्ख्या घटेको छ । केही महिनाअघि दोलखामा वर्षौ अघि मृत्यु भएका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता निकासा भएको खुलासा भएको थियो ।
जिल्ला विकास समिति दोलखाको तथ्याङकअनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाभर सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या १३ हजार २ सय ५९ जना रहेको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यो सङख्या घटेर १२ हजार ८ सय २६ मा झरेको छ । गत वर्ष खारे गाविसमा १० वर्ष अघि मृत्यु भएका व्यक्तिको नाममा समेत लगातार रुपमा भत्ता निकासा भइरहको उजुरी जिविसमा परेपछि अनुगमनमा कडाई गर्नुका साथै गाविस सचिवहरुलाई पत्रचार गरी तथ्याङकमा लगत कट्टा गर्न आग्रह गरिएको थियो । यो र्ष भत्ता पाउनेको सङ्ख्या घटेको जिविसका योजना अधिकृत पशुपति पुरीले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !