सिमााचल संघर्षशील युवा पत्रकारीताको पुरस्कार कुशवाहालाई


सिन्धुली दर्पण/वैशाख ६
रिपोर्टस क्लव नेपाल धनुषा शाखा अध्यक्ष सन्तोष िसंह कुशवाहा सीमााचल संघर्षशील युवा पत्रकारीता पुरस्कारले पुरस्कृत भएका छन् । लोक भाषा मैथलीमा जनकपुरबाट प्रकाशित सिमााचल राष्ट्रिय दैनिकले स्थापना गरेको  सीमााचल पत्रकारिता प्रवद्धन  केन्द्र जनकपुरधामले आज स्थानिय मिथिलााचल एफ एम  मिथिलााचल विशेष दैनिक  सहारा टाइम्स तथा एनएम खबरमा कार्यरत रिपोर्टस क्लवका अध्यक्ष कुशवाहा सहित हिमाल खबरका अजय अनुरागि र कान्तिपुरका जनकपुर प्रतिनिधि श्यामसुन्दर शशीलाई पुरस्कृत गरेको हो ।
 सिचाइ मन्त्रि रघुबिर महासेठले कुशवाहालाई ुसीमााचल संघर्षशील युवा पत्रकारीता पुरस्कार  अनुरागिलाई सीमााचल निर्भिक कलमजीवी सम्मान २०६७  तथा शशीलाइ सीमााचल पत्रकारिता पुरस्कार २०६७ले सम्मान गरेको हो । पुरस्कृत तीनै जनालाई नगद राशी बापत क्रमशः ५ हजार  ७ हजार र ११ हजार रुपैया प्रदान गरिएको हो । पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै सिचाइ मन्त्रि रघुबिर महासेठले अगामी वर्ष बाट तीन जना पत्रकार लाई १ लाख १ हजार  ५१ हजार तथा २५ हजार रासी भएको फुलकुमारी वैदेही पत्रकारिता पुरस्कार प्रदान गरीने घोषण समेत गरेका छन ।
मधेसको पत्रकारिता उपेक्षित भएको भन्दै उक्त पुरस्कार फुल कुमारी ट्रष्टले प्रदान गर्ने उनले बताएका छन् । कार्यक्रममा वरिष्ट पत्रकार राजेश्वर नेपाली प्राज्ञ रामभरोश कापडी उमेश यादव जगदीश साह किरण कर्ण प्रध्याप्क प्रमेश्वर कापडी सहितका वक्ताले जनकपुरको पत्रकारिता विषयमा आफ्नो मनतव्य राखेका थिए । कार्यक्रम पत्रकार महासँघ धनुषा शाखाका अध्यक्ष रामअशिष यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।  

Related

स्थानिय 6634250635484265755

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item