सिन्धुलीको सडक निमार्णमा व्यापक भ्रष्टचार

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_232.html
मिनकुमार दाहाल/वैशाख ६
सिन्धुली जिल्लाको विभिन्न स्थानमा संचालनमा रहेका ठुला सडक योजनाहरु गुणस्तरहिन भएको भन्दै सिन्धुलीका राजनितिक दलहरुले भौतिक योजना तथा निर्माण मन्त्रि टोपवहादुर रायमाझी समक्ष सामुहीक गुनासो गरेका छन् ।
भौतिक योजना तथा निर्माण मन्त्रि मध्यपहाडी लोक मार्गको अनुगमन गर्न सिन्धुली आएको वेला राजनितीक दलका नेताहरुले जिल्ला प्रशासन कार्यालयमा सामुहीक भेट गरी जिल्लामा संचालित ठुला सडक योजनामा गुणस्तरीय काम हुन नसकेको गुनासो गरेका छन् । सिन्धुलीमा संचालिनत करोड भन्दा माथिका ठुला योजनाहरुमा माओवादी लडाकु वस्ने शिवीर सम्मको सडक माओवादी पहुँच मार्गचतरा-सिन्धुली-हेटौडा वैकल्पीक राजमार्गमध्यपहाडी लोक मार्ग र खनियाँ खर्क कमारे भन्ज्याङ्ग सडक आयोजना रहेकाछन् ।
मध्यपहाडी लोक मार्ग भन्दा वाहेक तिन वटा ठुला योजनामा व्यापक आर्थिक अनियमितता नेपाली काँग्रेसका सभापति मोहन वरालले मन्त्री रायमाझीलाई वताए । सडक निर्माण गर्दा सडक डिभिजन कार्यालयका कर्मचारीहरु साईडमा आएर अनुगमन नगर्दा सडक निर्माणममा गुडस्तर आउन नसकेको वरालले वताउनु भयो । करिव पाँच करोडमा संचालित भिमान- रानिवास माओवादी पहँुच मार्ग निर्माणमा ठेकेदार तथा प्राविधिक दुवै जाँदैनन् । लेवरको भरमा सडक निर्माण भएको छ ।
सडक निर्माण सँगसँगै भत्कीदै गएको छ । त्यसको जिम्मा कस्ले लिने सडक डिभिजन कार्यालयका कर्मचारीहरु कामको मुल्याङ्गकनै नगरी भुक्ती दिने गरेका छन् । यस्को अन्त्य हुनु पर्ने माग मन्त्रि समक्षा सर्वसाधारणहरुले गुनासो गरेका छन् । धनुषामा रहेको सडक डिभिजन कार्यालयको शाखा कार्यालय सिन्धुलीमा स्थापना गर्न नसके सडकका कुनै पनि काम नहुने वरालले वताउनुभयो । हेटौडा-सिन्धुली-चतरा वैकल्पीक राज मार्ग गत वर्ष खनेको ट्रयाकको चिनोमानो देखीदैन् भने खनिया खर्क-कमारे भन्ज्याङ्ग सडकमा पनि व्यापक भ्रष्टचार भएको भन्दै अख्तियारमा मुद्धा परेको छ ।
गत वर्ष नेपाल सरकारले रातो किताव मार्फत जिल्लाका विभिन्न स्थानमा संचारलन गरेको चौविस योजनाको कामै नगरी सडक डिभिजन कार्यालयका कर्मचारी र स्थानिय उपभोक्ताहरु मिलेर खाएको माणिक ढकालले भौतिय योजना तथा निर्माण मन्त्रिसमक्ष गुनासो गर्नुभयो । सडक निर्माणमा प्राविधिकहरुले गर्ने गरेको लापरवाहीको वारेमा कडा अनुगमन गर्ने मन्त्री रायमाझीले आश्वासन दिए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सकड निर्माणमा ध्यान नदिने सडक डिभिजन लाई कारवाही गरिने आश्वासन मन्त्री रायमाझीले वतउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !