लोकहरि आचार्य/बैशाख ८

सिन्धुलीको दुर्गम गाउँ बाहुनतिल्पुङ लाम्पान्टार भद्रकाली लगायतका गाविसका गाउँहरुमा चौबीसै घण्टा बिजुली बल्ने गरेको छ । सदरमुकाम सिन्धुलीमाढी देखि धेरै टाढा रहेका ति गाविसहरुका गाउँहरुमा लद्युजलविद्युत् मार्फत विजुली बत्ती बले पछि त्यस भेगका बासिन्दाहरु खुशी भएका छन् । देशले लोडसेडिङको मार खेपिरहेको बेला सिन्धुलीका ग्रामीण भेगमा भने चौविसै घण्टा विजुली बत्ती बल्ने गरेको छ । सुविधाको हिसावले सुगम मानिएको सदरमुकामका बासिन्दा अध्यारोमा बस्न बाध्य छन् भने ग्रामीण भेगमा भने लद्युजलविद्युत मार्फत विजुली बत्ती बल्ने गरेको छ । विभिन्न सङ्घसंस्स्था र स्थानीय जनताको श्रमदानवाट ति गाउँहरुमा विजुली बत्ती बलेको हो । सिन्धुलीको वाहुनतिल्पुङ गाविसमा स्थानीय वाक्सुखोलाबाट २५ किलोवाटको विजुली निकाली त्यस क्षेत्रका ४ सय ६३ घरधुरीमा विजुली बत्ती बालिएको छ । त्यस क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले लिने भन्दा पनि थोरै शुल्कमा विजुली बत्ती बल्ने गरेको स्थानीयबासी लोकमणि तिम_िल्सनाले बताउनु भयो ।
गाउँमा बिजुली बलेपछि स्थानीयबासिन्दाले उज्यालो मात्र पाएका छैनन् बिजुलीका कारण उनीहरुको जीवनशैली नै परिवर्तन भएको छ । अहिले गाउँ गाउँमा इनटरनेट कम्प्युटर टेलिभिजन लगायतका संचारमाध्यमको प्रयोग गरि जीवन शैली मै परिवर्तन ल्याएको पनि स्थानीयवासी तिम_िल्सनाले बताउनु भयो । जीवनभरि जिल्ल्ाा सदरमुकाममा नआएका तथा बिजुली फोन र गाडी नदेखेकाहरु पनि बिजुली देखेपछि दङ्ग भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !