विद्यालयमा मोबाईल बोक्न प्रतिबन्ध





शेरबहादुर भुजेल/दोलखा/वैशाख ९

 दोलखाको पवटी गाविस स्थित सत्यश्वर उच्च माविले आफ््ना विद्यार्थीहरुलाई मोबाईल बोक्न प्रतिबन्ध लगाएको छ ।  ५१ औँ अभिभावक दिवसको अवसर पारेर सो विद्यालयले बुधवार यस्तो घोषणा गरेको हो । विद्यालयका प्रधानाध्यापक बलबहादुर लामाले मोबाईल प्रयोगका कारण विद्यार्थीहरुको पढाईमा नकरात्मक असर परेकोले मोबाईल बोक्न प्रतिबन्ध लगाईएको जानकारी दिनुभयो । 

उहाँले विद्यालयको नियम विपरित कोही पनि विद्यार्थीले मोबाईल बोके विद्यालयले जफत गर्ने पनि बताउनुभएको छ ।  यसैवीचकार्यक्रमको अवसर पारेर विद्यालयको भौतिक सुधारमा महत्वपूर्ण सहयोग पुर् याए बापत् पवटी ९ का अर्जुन थपलियालाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरि नेपालले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गर्नुभएको पण्डित बाबुराम नेपाल तथा पद्मकुमारी नेपाल स्मृती प्रतिभा पुरस्कारबाट उत्कृष्ट अङ्क ल्याई एसएलसी परिक्षा उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति एक हजार एक सय ११ रुपैयाँ सहित पुरस्कृत गरेको छ ।

Related

स्थानिय 5834027324056772171

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item