सिन्धुलीमा ग्रामीण सडक विकास तिव्र


सिन्धली दर्पण/वैशाख ९

सिन्धुलीका ग्रामीण भेगमा सडक यातयातको विकास तिव्र गतिमा हुन थालेको छ । केही वर्ष अघि मात्रै सिन्धुलीका ग्रामीण भेगका मानिसहरु सदरमुकाम सिन्धुलीमाढी आउन पैदल यात्रा गर्नु पर्दथ्यो । तर अहिले सडक निर्माण भए पश्चात ति ठाउँहरु बाट मानिसहरु यातायातका साधनहरु मार्फत सजिलै सिन्धुली सदरमुकाम आउन सक्ने भएका छन् ।

अहिले सिन्धुलीका ५३ वटै गाविसहरुमा लगभग सडक पुगे पनि ति सडकहरु कति को टिकाउ हुने हो भन्नेमा भने शंका पैदा भएको छ । सिन्धुलीका अधिकांश ठाउँहरुमा विना प्राविधिक स्टमेट अनुसार सडक निर्माण गरिदाँ धेरै जसो सडक भत्किन थालेको छ । सिन्धुलीका डाँढी गुराँसे भद्रकाली बाहुनतिल्पुङ लाम्पान्टार जरायोटार लगायतका गाविसहरुका गाउँमा खनिएका सडक भत्किन थालेको स्थानीयवासीहरुले बताएका छन् ।

सडकले स्थानीयवासीको दैनिक जीवनमा सहज बनाए पनि ति सडकहरु विना प्राविधिक स्टमेटमा खनिएकाले भत्किन थालेको पनि स्थानीयवासीको आरोप छ । दिगो विकासको अवधारणलाई अनुशरण गरि सडक निर्माण गरिको भए सडक दिर्घकालिन हुने उनीहरुको भनाई छ । त्यस्तै सडक निर्माणमा हुने गरेको अनियमितालाई रोक्न नसक्दा पनि कमजोर सडक निर्माण हुने गरेको पाइएको छ ।

सिन्धुलीमा निर्माण गरिएका कतिपय सडकहरु आवश्कता नै नभएको ठाउँमा  छन् भने कुनै सडक जड्गलको काठ ढुवानी गर्नका लागि त कतिपय बजेट सक्नका लागि निर्माण गरिएको टिका टिप्पणी आईरहेका वेला सिन्धुलीमा साचालित ठूला सडक आयोजनाको गुणस्तर चर्चाको विषय बनेको छ । भिमान रानिवास पहुच मार्गको सडक पूरै कालोपत्रे गरि नसक्दै सुरुमा गरिएको कालोपत्रे भत्किन थालेको छ । करोडौ खर्च गरेर निर्माण गरिएको सडक निर्माण चरण मै भत्किए पछि त्यसको गुणस्तर चर्चाको विषय बनेको छ । तर सो सडकको प्रभावकारी अनुगमन नहुदाँ कमजोर सडक बन्ने पक्का भएको छ ।

Related

स्थानिय 5331774955576745833

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item