कृषी अधिकृतले सेवाग्राहिलाई कुटेको आरोप

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_669.html
सिन्धुली दर्पण/वैशाख ५
सिन्धुलीमाढीजिल्ला कूषि कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख किश्वरी प्रसाद यादवले हातपात गरेको भन्दै कारवाहीको माग गर्दै कमलामाइ प्राङगारिक कृषि सहकारी संस्थाका अध्यक्ष सहित केहि महिलाहरुले जिल्ला प्रशासनमा निवेदन पेश गरेका छन ।
केहि समयअघि सहकारी साना सिचाइद्धारा सामुहिक तरकारी खेतिका लागी पाइप माग गर्ने क्रममा गाली गलोज गर्दै धम्क्याएको सहकारीकी अध्यक्ष राधा थोकरले बताउनुभयो ।
आज कृषि प्राङगारिक सहकारी संस्थाको वारेमा विस्तृत जानकारी लिन खोज्दा हात समाइ हातपात गरि घाइते बनाएको उनले वतााइन् । दोषिमाथि कारवाही नगरे महिलाहरु जिल्ला प्रशासन कार्यालय घेराउ गरी रहेका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले पिडीत महिलाहरुलाई सो विषयमा मंगलवार छलफलको लागी वोलाएको वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !