१० वर्षसम्म आयोजना अलपत्र जिल्लाबासी अन्धकारमा


राजन रुचाल/ओखलढुङ्गा/वैशाख ५  


सुरु भएको १० वर्ष लाग्दा पनि खोटाङको बुइपादेखि ओखलढुङ्गासम्म विस्तार गर्ने भनिएको ३३ केभी केन्द्रिय विद्युत् प्रसारण आयोजना अझै पूरा हुन सकेको छैन । आयोजना अलपत्र बनेपछि एक दशकदेखि केन्द्रिय विद्युत् प्रसारण आयोजना जिल्ला जोड्ने ओखलढुंगाबासीको सपना अधुरै रहेको छ । केन्द्रिय आयोजना नजोडिएको ओखलढुङ्गामा स्थानिए ठोट्ने खोलाबाट ७५ किलोवाट क्षमताको लघु जलबिद्युत संचालनमा रहेपनि दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । 

२०५८ सालबाट सुरु भएको केन्द्रिय विद्युत् प्रसारण आयोजना २०६१ सालभित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर केन्द्रिय आयोजनाबाट विद्युत् बाल्ने सपना बोकेका जिल्लाबासी यतिखेर आफ्ना घर आँगनमा गाडिएका पोल हेरेर बस्न बाध्य छन् । आयोजना २०६१ असारभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार पोल गाडेर तार टाँगिए पनि अरु काम हुन सकेको छैन । कतिपय ठाउँमा तारसहितका पोल ढलेर जङ्गलमा अलपत्र छन् । आयोजना अलपत्र रहनुमा आयोजना प्रमूखको लापरबाही भएको स्थानियबासीको आरोप छ । 

आयोजना सम्पन्न गर्न पटक पटक स्थानियबाट दबाब भएपछि तत्कालिन आयोजना प्रमुख दिपेन्द्र द्विवेदीले २०६४ असारभित्र आयोजना सम्पन्न गर्ने जवाफ दिनुभएको थियो । तर त्यसबेला आयोजना क्षेत्रभित्र पर्ने दियाले पोखरे भदौरे तलुवा ठुलाछाप र नारायणस्थान बासीले आफ्नो गाउँमा बत्ती बालेर मात्रै काम सुचारु गर्नुपर्ने भन्दै अवरोध गरेपछि रोकिएको काम अझै शुरु भएको छैन । विवाद भएको कारण देखाउँदै हिडेका प्रमुख द्विवेदी अहिले सरुवा भइसकेका छन् ।

अहिले आयोजनाको काम लिएर आएका चन्द्रवीर खड्का पनि सम्पर्कविहीन हुनुभएको छ ।    आयोजना सम्पन्न गर्न जिल्लास्थित राजनीतिक दलहरुले चासो नदेखाएको स्थानियबासीको आरोप छ । आयोजना प्रमुखको लापरबाही र भ्रष्टाचारका कारण आयोजना सम्पन्न नभएको भन्दै स्थानिय राजनीतिक दलहरुले सरकारको ध्यानाकर्षण गराएको भएपनि काम सुरु हुन नसकेको दलहरुले बताएका छन । सम्बन्धित पक्षले चासो नदेखाउँदा  यसरी आयोजना अलपत्र छ र जिल्लाबासी अन्धकारमा बस्न बाध्य छन् ।

Related

स्थानिय 3755123696727259181

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item