वोक्सीको आरोपमा सिस्नोपानीले चुट्दै दिसापिसाव खुवाईयो

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_1556.html
सिन्धुली दर्पण/वैशाख ४
समयले निकै फडको मारिसकेको छ तर पनि ग्रामिण भेगका मासिहरु भने अझै पनि रुढीबादी परम्परामा अल्झिरहेका छन । गाँउलेहरु मिलेर बोक्सीको आरोपमा आफुहरुलाई दिशा खुवाएको सिन्धुली रानीचुरी ४ किर्नेखोलाका सोममाया घिसिङ र मधुकुमारी घिसिङ वताउनु हुन्छ । स्थानिय सेतिमाया थिङ विरामी भए पछि गाँउलेले वोक्सीको आरोप लगाएको उहाँहरुको भनाई छ ।
गाँउमा महिला समुह को मिटीङ छ आउनु भन्दै गाँउकै एक जना बहिनी आएर वोलाइनसमुह होला भन्दै घर नजिकैको चौतारोमा गएको त्यहाँ गाँउका महिला पुरुषहरु जम्मा भएर वसेका रहेछन् । हामी पुग्ने वित्तीकै वोक्सीहरुलाई मार्नै पर्छ भन्दै डिलवहादुर थिङभक्त वहादुर थिङ र हस्तवहादुर स्याङतानले नारा लगाउन कराउन थाले भावुक वन्दै घिसिङ्ले वताउनु भयो ।
एक्कासी हस्तवहादुर स्याङता वावाजी वन्दै हाम्रो नजिक आए उनले पिडालुको पातामा दिसा वोकेर ल्याएका रहेछन् हाम्रो नजिक आएर जर्वजस्ती मुखमा दिसा कोच्याए र सिस्नो पानीले मरणासन्न हुनेगरी कुटपिट गरेको उनिहरुको भनाई रहेका छ । वावाजी वन्ने हस्तवहादुर र झाक्री वनेर काम्दै आएका चनक वहादुर थिङले पालैपाले सिस्नो पानीले कुटे शरिर भरि भएको सिस्नोको विषले रातभरि निद्र लाग्दैन मधुकुमारी घिसिङले भकानीदै भन्नु भयो । पाँच दिन भयो हामी दुवै घर गएका छैनौ । कमलाइ नगरपालीका ७ पल्लो रामपुरमा रहेको माइती घरमा शरण लिएर वसेका छौं मधुमायाले भन्नु भयो ।
दिसा खुवाएर सिस्नो पानीले पिटेको यातना खप्न नसकेर पिडीत महिलाहरु न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराएका छन् । उनीहरुको उजुरीको आधारमा प्रहरीले वावाजी वन्ने हस्तहादुर स्याङतानझाक्री चनकवहादुर थिङ र डिलवहादुर थिङलाई पक्राउ गरी कारवाहीको प्रकूया अगाडी वढाएको जनाएको छ । महिलालाइ लाई वोक्सीको आरोपमा दिशा खुवाएर सिस्नो पानीले कुट्नेहरुलाई कानुन वामोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाक उपरिक्षक जनक भट्टराइले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !