दलालले खाए भद्रकालिका किसानको अदुवा

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_4933.html
सिन्धुली दर्पण/बैशाख ४
सिन्धुलीको भद्रकाली गाविसमा उत्पादित अदुवा दलालका कारण सहि मुल्य पाउन नसकेको गुनासो अदुवा किसानहरुले गरेका छन् । सिन्धुलीको भद्रकाली गाँउ विकास समितीका वार्षिक दुई करोडको अदुवाको कारोवार हुने गरेको छ ।

पैसा कमाउन विदेश जानु पर्दैन भन्ने सन्देश आफूहरुले दिएको उहाँहरुले बताउनु भयो । भद्रकालीका किसानहरुले अदुवा विकि्र गर्ने वेला भएपछि अदुवाको मुल्य घरमा आएर दलालहरुले गर्ने गरेका छन् । अदुवा उत्पादन गर् यो आफ्नो मालको मुल्य आफुले राख्न नपाइने दलालहरु आएर मुल्य तोक्ने र दलालहरुको मुल्यमा अदुवा दियो भने विक्री हुन्छ नत्र अदुवा विक्री नहुने् भद्रकाली-९ वोहोरेका किसान रामभक्त वाइवाले गुनासो गर्नु भयो । दलालहरुले प्रति धार्नि २५ रुपयाँ सम्म कमिसन खाने गरेको आरोप भद्रकालीका अदुवा किसानहरुले लगाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !