सिन्धुली टाँडीका स्थानीयबासीहरु सडक निर्माणमा

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_2346.html
सिन्धुली दर्पण/बैशाख ४

दैनिक चार घण्टाका दरले जन श्रमदान दिएर धनसरी-मैनावती सम्मको करिब नौ किलोमिटर सडक गत मङ्गलबार देखि निर्माण सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् । सो सडक अन्तर्गत पर्ने सिन्धुली तर्फका नमूना र हरियाली सामुदायिक वन समिति तथा धनुषातर्फका लालीगुराँस कमलामाई सयपत्रि र उत्राणी सामुदायिक वन समितिका सयौ उपभोक्ताहरु आफ्नै घरको खान्की खाएर सडक निर्माणमा जुटेका हुन् ।
धनसरी-मैनावती सडक निर्माण समितिका अध्यक्ष उत्तम कार्कीले दैनिक धनसरीतर्फबाट दुई सय घरधुरीले र मैनावतीतर्फबाट पनि त्यत्तिकै सङ्ख्यामा घरधुरीले जनश्रमदान गरेर सडक निर्माण थालेको बताउनु भयो ।
धनसरी-गोदारसम्मको करिब २२ किलोमिटर सडकमध्ये निर्माण हुन बाँकी धनसरी-मैनावति सडक जनश्रमदान बाटै निर्माण गर्न स्थानीय बासिन्दा आफै जुटेका उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक निर्माण पछि सिन्धुलीको टाँडी गाविसका र धनुषा जिल्लाको घोरम छोड्के दमार सडा मैनावती कुमरखोत गुण्डई बाणुदमार र चिसापानीका बासिन्दा लाभान्वित हुने छन् । स्थानीयस्तरमा उत्पादन हुने तरकारी फलफुल र खाद्यान्नलाई बजारसम्म पुर् याई बेचबिखनमा पनि सडक निर्माणले सहयोग पुग्ने टाँडी गाविस-६ निवासी नेत्रप्रसाद पराजुली बताउनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !