हरिहरपुरगढी महोत्सव सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_6066.html
सिन्धुली दर्पण/चैत्र २२
महोत्वस उद्घाटनमा बोल्दै विभिन्न दलका नेता एवं प्रतिनिधिहरुले ऐतिहासीक महत्व र पर्यटनको प्रचुर सम्भावना बोकेको जिर्ण गढीको उद्धार तथा त्यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन आफ्नो क्षेत्रबाट भरमगदुर प्रयास गर्ने प्रतिवद्धता जनाए । हरिहरपुर गढीको इतिहासलाई हेर्दा सिम्रौनगढका तात्कालिन राजा हरिहरिसं देवलाई मुसलमानी सेनाले राज्यच्यूत गरेपछि भागेर सिन्धुली आइ विक्रम संवत १३८१ मा गढीदरबारको निर्माण गरिबसेको र सो गढीको नाम उनैराजाको नामले हरिहरपुरगढी रहन गएको त्यस्तै गोरखाली सेनाको बिरुद्ध र मकवानपुर राज्यको सहयोगार्थ आएको मिरखािसंका २००० सेनालाई पनि गोरखाली सेनाले यसै गढीमा पराजित गरेका जस्ता विभिन्न ऐतिहासिक तथ्यहरु विभिन्न ऐतिहासिक दस्तावेजहरुमा उल्लेख गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शागर कुमार ढकालले बताउनु भयो । हरिहरपुर गढी ऐतिहासिक त छँदैछ त्यो गढी दरबारको चामत्कारीक निर्माण र त्यहाँबाट हेर्न लायकका प्रकृतिक दृष्यहरु जो कोहीको पनि मन लोभ्याउने छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !