जुनार संघको साधरण सभा सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_6173.html
यम चौलागाई/चैत २२/ सिन्धुली
जुनार उत्पादक जिल्ला सहकारी संघ सिन्धुलीको प्रारम्भिक सभा र जुनार सहकारी संघ लिमिटेड तिनकुने काठमाण्डौंको दोस्रो साधारण सभा यहि चैत २१ सम्पन्न भएको छ । सिन्धुलि उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संघको प्रांरम्भीक साधरण सभाले तदर्थ समितीलाई विघटन गर्दै निर्मल रम्तेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन गरेको छ भने केन्द्रिय सहकारी संघको साधरण सभाले भावी रणनितीको बारेमा छलफल, आर्थिक प्रतिवेदन प्रगती प्रतिवेदन पारीत गरेको छ ।
जुनार उत्पादक संघको कार्यसमितीमा शन्त बहादुर सिन्जाली उपाध्यक्ष,कर्ण बहादुर ठाडामगर, सचिव, जनकराज दाहाल सहसचिव, शेरबहादुर मगर कोषाध्यक्ष रहनु भएको छ । यसैगरी सदस्यहरुमा लाल बहादुर श्रेष्ठ, खेमकुमारी श्रेष्ठ, लोक बहादुर आले, टिकामाया आले, भिमविराज श्रेष्ठ, श्याम बहादुर पुर्वछाने रहनु भएको छ । प्रारम्भीक साधरणसभाले डम्वर विक्रम बस्नेतको संयोजकत्वमा वेच शहादुर राइृ, शसिकला राना रहेको लेखा समितीको पनि चयन गरेको छ ।
कार्यक्रम जुनार केन्द्रीय सहकारी संघ लिमिटेड अध्यक्ष दिपक प्रसाद कोइरालाको सभापतित्व तथा मोरी पालन केन्द्रीय सहकारी संस्थाका अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमा एकिकृत नेकपा माओवादीका हरी वस्नेत, नेपाली कांग्रेसका माणिक ढकाल, उद्योग वाणिज्य संघका महासचिव अर्जुन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !