वस दुर्घटनावाट मृत्यु हुनेको सख्या ३ पुग्यो
http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_7128.html
सिन्धुली दर्पण/वैशाख १६
विपि राजमार्ग अन्तर्गत सिन्धुलीको भद्रकाली गाविसको पिपलभन्ज्याङ र ढुंग्रेभाज्याङको बीचमा हिजो बस दुर्घटनावाट हिजो र आज गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धली रतनचुराका गणेस बहादुर श्रेष्ठ रहेका छन् । यसअघि रामेछाप घर भएका ६५ वर्षिया सोम वहादुर कार्की र सर्लाहिका ढुण्डिराल भुर्तेलको मृत्यु भैसकेको थियो ।
हालसम्म मृत्यू हुनेको संख्या ३ पुगेको छ । गाडि दुर्घटना बाट अन्य ३९ जना घाइते रहेका छन । सिन्धुलीको खुर्कोटबाट सदरमुकाम माढीतर्फ आउँदै गरेको ना २ ख ५८५७ नम्बरको बस हिजो विहान ११ बजेतिर दुर्घटना भएको थियो ।
उद्धारमा खटेका स्थानीयबासीका अनुसार बढी लोडका कारण मोड कटाउन नसकेपछि दुर्घटना भएको हो । गम्भिर घाइते भएका २८ जनालाई थप उपचारका लागि काठमाण्डौ र महोत्तरीको बर्दिबास रिफर गरिएको छ । केहि घाइतेहरुको भने जिल्ला अस्पताल सिन्धुलीमा भइरहेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !