अन्न त्यागी यम बहादुरले ६०१ सभासदको ग्रह शान्ति गरे
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post.html
सुरेश बिडारी/बर्दिबास/वैशाख १८
अन्न त्यागी महोत्तरीका यम बहादुर बुढाथोकीले देशमा शान्ति र संविधानका निर्माणका लागि सद्वुद्धि मिलोस भनेर सभासदहरुको ग्रह शान्ति गरेका छन् । संविधान नबनेसम्मका लागि अन्न नखाने प्रण गरेका बुढाथोकीले यहि शनिवार आफूले अन्न त्यागेको ९९ दिनकॊ दिन १३ जना ब्राम्हणहरु सहभागि गराई ग्रह शान्ति गरेका हुन् ।
थपिएको समय जेठ १४ मा पनि संविधान नबनाई म्याद थपेर तलब सुविधा र भत्ता मात्र लिने बाटो बनाउन खोजिएको संकेत देखापरेकोले त्यसको विरुद्धमा सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने अवस्था आएको समेत बुढाथोकीले बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !