वस दुर्घटना भएपछि मात्र होस् खुल्यो सिन्धुलीका सम्वन्धीत निकायको
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_01.html
सार्वजानिक यातायात आचारसंहिता २०६७ पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने बढ्दो दुर्घटनालाइ न्युनिकरण गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको संयोजकत्वमा बसेको बैठकले यात्रु चाप हेरेर गाडिको संख्या र समय तालिका निर्धारण गर्ने,ड्राइभरले गाडि चलाउँदा मोवाइल फोन प्रयोग नगर्ने, ट्राफिक चेतना जगाउन जनचेतनामूलक होडिङ्वोर्ड राख्ने, पत्रपत्रिका तथा रेडियोवाट प्रसारण गर्ने यात्रुले अटेर गरे सुरक्षा निकायलाइ खवर गरि आवश्यक कारवाही गर्ने, यातायात व्यवसायीले यि नियम उलंघन गरे प्रतिपटक २००० रुपैँया जरिवाना गरिदुर्घटना उद्धार कोष खडा गरि त्यसमा जरिवाना रकम जम्मा गर्ने लगायतका बुँदाहरुमा सहमति भएको छ । साथै दुर्घटना उद्धार कोषको खाता सहायक प्रजिअ रेडक्रस र अस्पतालका प्रतिनिधीमध्ये कुनै दुइको संयुक्त हस्ताक्षरमा संचालन गर्ने पनि सहमति भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !