हायुगाँउमा खानेपानी योजना सम्पन्न


ध्रुवचन्द्र खड्का/वैशाख १८ 
डेढ घण्टाको बाटो धाएर पानी बोकॆर जीविका चलाउँदै आएका सिन्धुलीको डाडीगुराँसे गाविस-४ हायुगाँउका बासिन्दा आँगनमा नै धाराको पानी थाप्न पाउँदा मख्ख परेका छन् ।
गाविसको एक लाख पचास हजार रुपियाँ सहयोग र स्थानीय उपभोक्ताको चालिस हजार रुपिया बराबरको श्रमदान गरि  कुल एक लाख ९० हजारको लागतमा हायुगाँउ खानेपानी योजना हालै निमार्ण सम्पन्न भएपछि यो सुविधा मिलेको हो ।
स्थानीय उपभोक्ता एवं योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष माईतिसं स्याङतानका अनुसार उक्त खानेपानी योजनाबाट अहिले हायुगाँउका ३४० घरपरिवार लाभान्वित भएका छन् । एक गाग्री खानेपानी ल्याउन डेढ घण्टा हिड्नु पर्दथ्यो अव त्यो समस्या अन्त्य भएको छु उहाँले भन्नुभयॊ । अहिले घरकै आँगनमा धारावाट पानी थाप्न पाउदा सबै उपभोक्ता खुसी भएका पनि अध्यक्ष स्याङतानको भनाई छ ।  हायुगाँउमा खानेपानीको हाहाकार भनेर रेडियो सिन्धुलीगढी एव सिन्धुली दर्पण अनलाईनले समाचार मार्फत सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउदै आएको थियो । 

Related

स्थानिय 2685856262811879106

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item