यस वर्ष रासायनिक मलको अभाव नहुने

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_9223.html
सिन्धुली दर्पण/चैत २५
व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समिति अन्तर्गतको कृषि तथा सहकारी उपसमितिमा कृषि मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले विगतको वर्षमा देखिएको रासायनिक मल अभाव कम गर्ने तयारी भइरहेको बताउनुभएको हो । नेपालमा रासायनिक मलको माग ५ लाख मेटि्रक टन भएपनि गएको वर्ष ९० हजार मेटि्रक टन मात्र आयात भएका कारण मलको हाहाकार देखिएको भएपनि यस वर्ष २ लाख मेटि्रक टन आयात गर्ने योजना रहेको उहाँले जानकारी गर्नुभयो ।
सचिव चौधरीले भारत सरकारका तर्फबाट अनुदान स्वरुप ६० हजार मेटि्रक टन युरिया र ४० हजार मेटि्रक टन डिएपी आउने तथा ग्लोवल टेण्डरमार्फत् ५७ हजार ५ सय मेटि्रक टन युरिया र डिएपी वैशाखसम्म नेपाल आउने तयारी भइरहेको जानकारी दिनुभयो । बैठकमा अर्थ मन्त्रालयका उपसमिति बोधराज निरौलाले रासायनिक मलको निर्भरता घटाउन प्राङगारिक मल कारखाना स्थापनामा सरकारले अनुदान दिने निर्णय गरेको बताउनुभयो । चालु बजेटमा २५ करोड बजेट छुटुए पनि खर्च हुन नसकेको बताउनुभयो ।
कृषिमा व्यावसायिकता नआउँदा हरेक वर्ष खसीको मासुमा मात्र बसे्रनि १५ अर्ब रुपैयाँ विदेशिने गरेकोले बाख्रापालनमा विशेष कार्यक्रम लागू गर्न लागिएको निरौलाले बताउनुभयो । सरकारले बाख्रापालन प्रोत्सानका लागि यस वर्ष १ अर्ब छुट्टाएको र आउने दसैँमा खसीको आयात घटने उहाँको दावी छ । बैठकमा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक बिजुकुमार श्रेष्ठले त्रिवर्षीय अन्तरिम योजनामा कृषि क्षेत्रलाई प्राथमिकतामा राखएिको स्मरण गर्दै कार्यक्रम कार्यान्वयन भए कृषि उत्पादनमा परनिर्भरता कम हुने बताउनुभयो । बैठकमा सभासद्हरुले भने सरकारी नीति कार्यान्वयन हुन नसक्दा कृषि उत्पादनमा समेत नेपाल निर्भर बन्न नसकेको बताएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !