भाषा विकासको लागी तामाङ भाषाको साहित्यिक कार्यक्रम

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_9318.html
सिन्धुली दर्पण/चैत १८ -
सिन्धुलीमा कि्रयाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने भएको छ । प्राङ्बोला छार न्हान सिन्धुलीका अध्यक्ष काजीमान थिङले आज एक प्रेस विज्ञाप्ती प्रकाशित गरी अभियान संचालनको जानकारी गराएका हुन् । तामाङ भाषाको संरक्षण र विकासका लागि १६ दिने भाषिक-साहित्यिक जागरण अभियान-२०६७/६८ नाम दिएको अभियान यही चैत्र २४ गते पूरानो भाँगाझोली गाविसको बन्दिपुरमा शुभारम्भ भई ०६८ बैशाख ११ गते लोकतन्त्र दिवसका दिन सिन्धुलीको हरिहरपुरगढी गाविसको गढी दरबारमा पुगी समापन हुने प्राङ्बोला छार न्हानले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !