हावाहुरीका कारण २ लाखको क्षती

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_9674.html

सिन्धुली दर्पण/चैत २३
हिजो राति आएको हावाहुरीले विद्यालयको छाना उठाउदा पठनपाठनमा समस्या आउने भएको छ । सिन्धुलीको तिनकन्या गाविस ९ मा रहेको बधशाला मावि दिङदिङ किराँतमा यस्तो समस्या आएको हो ।
हिजो राती आएको हावाहुरीले विद्यालयमा रहेको तीनवटै भवनको छाना र काठ उढाएर खोल्सामा पुर् याएको विद्यालयका प्रधानाध्यापक बल वहादुर भुजेलले बताएका छन । हावाहुरीले विद्यालयको छाना उडाउदा करीव २ लाख बरावरको क्षती भएको प्रधानाध्यापक भुजेलले वताएका छन । रातको समयमा भएकाले कुनैपनि मानविय क्षति नभएपनि बैशाष २ गतेबाट शुरु हुनेपठनपाठनमा भने अवरुद्ध हुने प्र।अ भुजेलले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !