मुद्दा खेपिरहेका ११ जनालाई पुर्पछका लागी थुनामा


सिन्धुली दर्पण/चैत २३

लामो समयदेखि  विभिन्न मुद्दा खेपिरहेका ११ जनालाई यहि चैत २२ गते  जिल्ला अदालत सिन्धुलीले पुर्पक्षकालागि थुनामा पठाउने निर्णय गरेको छ । ज्योतिलाल स्याङतानले दिएको डाँका सम्बन्धी जाहेरीमा जिल्ला न्यायाधिश हरिश्चन्द्र ढुंगानाको ईजलासले आरोपित प्रतिवादीहरु मोहन घिमिरे संगित तामाङ् हेमबहादुर श्रेष्ठ आसन तामाङ सविन श्रेष्ठ धनबहादुर थिङ राहुल श्रेष्ठ र सविन कार्की गरी ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 सोहि घटनामा आरोपित तिलक थापा र प्रदिप गोले नाबालक देखिएकाले निजहरुलाई मुद्दा पर्पक्षका सिलसिलामा वाल सुधारगृह सानोठिमी भक्तपुरमा थुनामा राख्न पठाउने  र अर्का आरोपित गाडी चालक सन्तोष त्रिपाठीलाई साधारण तारेखमा राख्ने आदेश दिएको छ । 

त्यसैगरी विना इजाजत ९ लाख ३२ हजार ४सय १० रुपैयँ बराबरको वन पैदावार हानी नोक्सानी गरेको भनि शिद्धेश्वर रेन्जपोष्टका रेन्जर नरेश पुर्वेले दिएको जाहेरीमा आरोपित भोला भन्ने भुवन बहादुर िसंदालीलाई पनि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला आदालतले आदेश दिएको छ । सोहि मुद्दाका अन्य आरोपितहरु कमलामाई ७ बस्ने विरेन थिङ र रामबहादुर श्रेष्ठ फरार रहेको सिन्धुली जिल्ला अदालतले जनाएको छ ।

Related

समाज दर्पण 2907865416802903583

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item