सिन्धुलीमा महिला िहंसाका घटनाहरु वढ्दैछन्
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_02.html
मीरा कार्की/वैशाख १९
इन्सेकका जिल्ला प्रतिनिधी आनन्द दाहालले सिन्धुलीमा महिलामाथि हुने वलात्कारघरायसी महिला िहंसा नै वढी हुने गरेको जनाएका छन् । महिलाहरुको सवालमा काम गर्दे आएको सामुदायिक सेवा केन्द्र सिन्धुलीले जनाएअनुसारपनी अधिकांश मुद्दाहरु घरेलु िहंसावाट महिलाहरु पिडीत हुने गरेका घट्नाहरु आउने गरेका छन् । केन्द्रमा आउने मुद्दाहरु प्राय कुटपीट गालिगलौज घरनिकाला बहुविवाहवोक्सी आरोप जस्ता घटनाहरु रहने गरेको सामुदायिक सेवा केन्द्र सिन्धुलीका अध्यक्ष रामबहादुर हायुले बताउनु भएको छ । जिल्लामा बेचविखनका घटना समेत हुने गरेको सामुदायीक सेवा केन्द्रका अध्यक्ष हायुले वताउनुभयो ।
महिला तथा वालबालिका सम्वन्धी काम गरी रहेको महिला विकास कार्यालय सिन्धुलीकी कृष्ण गुरुङ िहंसामा परेका महिलाहरु पहिले न्याय खोज्दै महिला विकास कार्यालय आउने गरेको र अहिले साना तिना िहंसाका घटनाहरु गाउमा समाधान हुने गरेको बताउनु हुन्छ । सिन्धुलीमा महिला िहंसाका कार्यक्रमहरु पनि त्यति प्रभावकारी हुन नसकेको महिला अधिकारकर्मीहरुले बताउन थालेका छन् ।
महिला मानवअधिकार रक्षक साजालका सदस्य रस्मिला देवकोटाले २०१० लाई सरकारले १६ दिने महिला िहंसा विरुद्धको अभियानको रुप्ामा लिए पनि यस्ता कार्यक्रम बढी शहरमुखी भएकाले सो कार्यक्रम सिन्धुलीमा प्रभावकारी वन्न नसेकेको बताउनु भएको छ । देवकोटाका अनुसार केहि संघसंस्थाका कार्यक्रमहरुले चेतना छरेकाले पनि पछिल्ला समयमा िहंसाका घटनाहरु हुने गरेको बताउनु भयो ।
जिल्लामा प्रायः जसो संघसंस्थाहरुले आफनो उद्देश्यमा महिला भनेर लेख्ने र कागजमा प्रगति देखाउने गरेका छन् । यहाँ महिलाका क्षेत्रमा काम गर्ने दर्जन भन्दा बढी संघसंस्थाले चेतनामुलक काम पनि गरेका छन् तर कार्यक्रमको प्रभावकारिता कम भएको देवकोटाले वताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरिक्षक भागेन्द्रपुरुष ढकालले सिन्धुलीमा महिला माथि हुने िहंसाका घट्ना वढ्दै गएको वताउनुभयो । श्रीमानद्धारा हुने िहंसासासु ससुरा वाट हुने िहंसा तथा वलात्कारका घट्नाहरु जिल्ला प्रहरी कार्यालयमा आउने गरेको प्रहरी निरिक्षक ढकालले वताउनुभयो । महिला िहंसा न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रमहरु संचानल आवश्य भएको ढकाललेको भनाई रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !