वसले ओभरटेक गर्न खोज्दा दुर्घटना भयो:प्रतक्ष्यदर्शी



photo:parmila buddhathoki

सिन्धुली दर्पण/वैशाख २१
सिन्धुलीको खुर्कोटवाट बनेपा तर्फ जादै गरेको बा २ ख ३३७५ नम्वरको यात्रुवाहक बस सिन्धुलीको पुरानो झाँगाझोली गाविसको रिठ्ठेभिरमा दुर्घटना  हुँदा ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।
स्थानियवासी मनोज श्रेष्ठका अनुसार दुर्घटना भएको वसले आफु भन्दा अगाडी रहेको अर्को वसलाई उछिन्न खोज्दा  ठाउ नपुगेर भिरवाट झरेको वताएका छन् ।  

१२ जना मृतकको लास घटना स्थालवाट निकाली सकिएको छ भने १५ जना घाइतेको उद्धार गरी काठमाडौ र धुलिखेल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले बताएको छ । मृत्यकहरु मध्ये अहिले सम्म ९ जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । पहिचान खुल्नेहरुमा  श्री जंग गण रामेछापमा कार्यरत धादिङ्गका शिव कार्की भिरपानि ७ रामेछापका आइती माझी बसका सहचालक पुरानो झागाझोली ६ नागेडाँडाका श्याम बसेल भिमेश्वर ४ खुर्कोट सिन्धुलीका ओदित विक सिन्धुली वितिजोरकी शारदा विकसुकाजोर रामेछापका शम्भु श्रेष्ठखनियापानी रामेछापका वर्ष ४० का आङदोर्जे योन्जनलाई पोष्टमार्टका लागी सिन्धुली अस्पताल ल्याईएको छ भने रामेछापकी समिक्षा श्रेष्ठर सुकाजोर रामेछापकी रेणुका हायूको उपचारको क्रममा धुलिखेलमा मृत्यु भएको थियो । विपी राजमार्गको ट्रयाक खोलिएको र निर्माणाधिन सडक अप्ठयारो  र केहि समयदेखि सिन्धुलीमा परेको पानिका कारण वाटो चिप्लो भएर दुर्घटना भएको प्रहरीले आशंका गरेको छ ।  बस सडकबाट करिब २५ मिटर तल बस झरी भिरमा अड्केको प्रहरीले जनाएको छ ।

भिरमा गाडी अडकिएकोले उद्धारको लागी कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका असई प्रमोद गुप्ताले जानकारी दिनुभएको छ ।  खुर्कोटवाट  विहान १० बजे छुटेको वस करिव ११ वजे दुर्घटना भएको स्थानियवासीले वताएको छन । स्थानियवासी मनोज श्रेष्ठका अनुसार दुर्घटना भएको वसले आफु भन्दा अगाडी रहेको अर्को वसलाई उछिन्न खोज्दा  ठाउ नपुगेर भिरवाट झरेको वताए  । गाडी खोल्सामा परेको र मुनि कोशी भएकाले अहिले सम्म दुर्घटना भएको वस सम्म पुग्न नसकिएकोले वस भित्र कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खुल्न नसकेको उनले वताए ।

उद्धारको लागी सडक निर्माणको काम गरी रहेको जापनिज कम्पनि हाजमा र स्थानियवासीले गरी गरेको भएपनि नेपाल प्रहरी को टोली दिउसो १ वजे पुगेको थियो भने सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली साझ ५ वजे मात्र घट्ना स्थ्ालमा पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
photo:parmila buddhathoki
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक जनक भट्टराईका अनुसार दुर्घटना भएको वस भएको ठाउमा उद्धार टोली पुग्न नसकेको वताए । वस भित्र केहि मानिसहरुको लुगा कपडा देखिएको भएपनि त्यहा पुग्न नसकिएको पनि उनले वताए । अहिले नेपाली सेनाको उद्धार टोलीले शवहरु निकाल्ने प्रयास गरि रहेको पनि उनले वताए  अहिले रातको समय भएकाले उद्धार गर्न कठिनाइ भएकोले घट्नाको विस्तृत जानकारी आउने भट्ट्राईले वताउनुभयो ।
वाटो अप्ठयारो  सागुरो र वढि मोडभएपनि पुराना वसहरु र चालकको लापरवाहिका कारण दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । यहि वैशाख १५ गते विपि राजमार्गको पिपलभर् याङमा सिन्धुलीको खुर्कोटबाट सदरमुकाम माढीतर्फ आउँदै गरेको ना २ ख ५८५७ नम्बरको बस विहान ११ बजेतिर दुर्घटना भएको थियो । वस दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए ।

Related

स्थानिय 6758848597703824367

2 commentsDefault Comments

  1. बि पि राजमार्ग बन्दै गर्दाको जुन खुशी सिन्धुलीबासीमा छाएको थियो । प्रशासनको बेवास्था र यो दु:ख लाग्दो घटनाले अहिले हामीलाई दुखित बनाएको छ । बाटोको बनावट र यात्रुको चापलाई ध्यानमा राखी यात्रुको सुरक्षाको लागि पहिल्यै सजकता अपनाउनु पर्थ्यो । दुर्घटना हुँदै नहुने होइन तर पनि केही दिन अगाडि घटेको घटना सेलाउन नपाउदै अर्को घटना चालकको लापरबाही वा यस्तै करणले हुँदा सम्म किन चुप छन सबै ? मैले पनि यात्रा गर्नेक्रममा अनुभब गरेको थिए । सबारी साधनको क्षमतालाई ख्याल नै नगरी छतमा पनि अटाइनअटाइ राखेर यात्रु चढाउनु र यातयात ब्यबसायीले मनपरी आफ्नै नियम लाद्ननु सामान्य जस्तो लाग्यो त्यह । नबुझेर यात्रुले छतमा बसेर यात्रा गर्नु भन्दा दश गुणा ठुलो गल्ती हो जानाजान यात्रु चढाउनु । सम्बन्धीत निकायको कान र आँखामा परोस यो जनताको पीडामा । बिनाकालमा कुनै पनि निर्दोस नागरिकले ज्यान गुमाउन नपरोस । मेरो पनि हार्दिक श्र्दान्जली म्रितक आत्माले शान्ती पावोस र शोक सन्तत परिवारलाई धैर्यधारणा गर्ने शक्ती प्रदान गरुन भगवानले ।
    Shyam Kumar Ghalan
    Doha Qatar

    ReplyDelete
  2. बाटो अप्ठ्रयारो भएको कारण यस्तो भएको हो जस्तो लाग्छ मलाइ । यो बाटोका गाडी चलाउने बेला भएको छैन तथापी मलाइ चाही बाटो को कारण हो जस्तो लाग्छ ।

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item