हावाहुरीले मावि खैरेनीको जस्तापाता उडायोँ
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_12.html
सिन्धुली दर्पण/वैशाख २९
गए राति आएको हुरी बतासले सिन्धुलीको कमलामाई नगरपालिका ७ खैरेनी स्थित मावि गडौलीको एउटा भवनको तीनवटा कोठाको जस्ताको छाना काठ सहित उढाएको छ ।
हुरी वतासले विद्यालयको भवनमा समेत क्षति पुर्याएको र विद्यालयको जस्ता उढाउदा आसपासमा रहेका घरहरुको विद्युत केवुल लाईन फोनका तारहरु समेत क्षेतिग्रत भएको छ । विद्यालयको भवनको जस्तानै उढाए पछि आजदेखि पठनपाठन कार्य पनि अवरुद्ध हुने विद्यालयका प्रधानध्यापक दिनेश घिमिरेले बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !