संविधान सभाको म्याद थप्नुको पिकल्पै छैन : मन्त्री शाह
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_6945.html
सिन्धुली दर्पण/वैशाख २९
कानुन न्याय तथा संविधान सभा मन्त्री एंव माओवादी नेता प्रभु शाहले संविधान सभाको म्याद थप्नुको विकल्प नभएको बताउनु भएको छ ।
नेकपा माओवादी सिन्धुलीको पाटी कार्यालयमा हिजो कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनुभएका मन्त्री शाहले यथास्थितिमा नै संविधान सभाको म्याद थप्नुको अर्थ नभएको बताउनु भयो । उहाँले सबै दलका वीचमा एउटा समजदारी हुनु जरुरी भएको भन्दै त्यसका लागि शीर्ष नेताहरुका वीचमा सहमतिको खोजी भइरहेको बताउनु भयो ।
उहाँले दलहरुका वीचमा भएका केही आन्तरिक द्धन्द्धका कारण अलिअलि समस्य आएको भएपनि त्यसले खासै ठूलो समस्या नपार्ने बताउनु भयो । साथै उहाले जेठ १४ अगाबै एउटा सहमतिमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । आफ्नो पार्टी माओवादीका शीर्ष नेतृत्व यतिबेला साझा सहमति खोज्न लागि परिरहेको समेत शाहले बताउनु भयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !