सिन्धुलीको पुरानो झाँगाझोलीमा बस दुर्घटना,१२को मृत्यु
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_1817.html
सिन्धुली दर्पण/वैशाख २०
सिन्धुलीमा आज दिउँसो भएको वस दुर्घटनामा ज्यान गुमाउनेको सख्या १२ पुगेको छ भने १५ जना भन्दा बढी गम्भिर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु भएका मध्य रामेछाप घर भएकी आइती माझीभिमेश्वर ४ का ओदित विकसिन्धुली वितिजोरका शारदा विक सिन्धुली वितिजोरकै कान्छि विकसुकाजोर १ रामेछापका शम्भु श्रेष्ठ रामेछापको श्रीजंग गणमा कार्यरत धादिङ घर भएका शिव कार्की र बसका सहचालक पुरानो झागाझोली ६ नागेडाँडाका श्याम बसेलको सनाखत भएको छ भने अन्यको हुन वाकी रहेको छ ।
![]() |
| यहि वैशाख १५ गते पिपलभन्ज्याङमा भएको वस दुर्घटना |
घटनास्थलसम्म पुग्दा बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । मृतक सवैलाई पोष्टमार्टमका लागी सिन्धुली अस्पताल ल्याउदै गरेको प्रहरीले जनाएको छ । केहि दिन अघि मात्रै खुर्कोटवाट सिन्धुलीमाढी आउदै गरेको वस विपि राजमार्गको पिपलभन्ज्याङ्मा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने ४१ घाईते भएका थिए ।



मलाई यो खबर ले ज्यादै दुख लागेको छ । यो कुरा लाई किन सम्ब्न्धी त निकायाल के कुनै चासो नै नदिएको हो या के कारण ले यसरी दैनिक जस्तै सवारी साधन दुर्घाटना हुँदा पनि पनि यो कुराको कुनै सतर्क ता नै नभएको जस्तो पो लाग्न थालेको छ मलाई त । अब त यो नया बाटो बने पछी सुबिधा को अनुभब हैन दुर दसा को प्रतिक पो जस्तै पो हुन लागेको छ । एस्मा सम्न्धी त निकाय ले ध्यान दिनु अत्ती नै जरुरी देखिन्छ ।
ReplyDeletePhotota kamse kam sahi thauko hunu paryoni dhungre bhanjyang ko photo lai Jhangajholi ko bhandine yota bhayana ni sir......................... Journalist bhayara dharma puragarko khoita sir
ReplyDelete