बेलायतको सहयोगप्रति ओबामा खुसी


अन्तराष्ट्रिय एजेन्सी/जेठ ११

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायतसँग आफ्नो देशको सम्बन्ध घनिष्ट रहँदै आएको बताउनुभएको छ । बेलायत भ्रमणमा रहनुभएका ओबामाले सन् २००१ सेप्टेम्बरमा अमेरिकामा चरमपन्थीहरुले हमला गरेपछि बेलायतले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

अमेरिकी सेनासँग जहिले पनि सँगै रहेर काम गर्न तयार रहँदै आएको बेलायती सेनालाई राष्ट्रपति ओबामाले धन्यवाद दिनुभयो । आतङ्कवादीहरुसँग लड्नका लागि पछिल्लो १० वर्षमा बेलायतले अमेरिकालाई सबै सहयोग गरेको भनाइ राख्दै ओबामाले खुसी व्यक्त गर्नुभयो । अमेरिकी राष्ट्रपतिको सम्मानमा बेलायती महारानीले बकिङ्घम दरबारमा राजकीय भोजको आयोजना गर्नुभएको थियो ।

Related

विश्व 2545581992523372036

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item