जापनीज सहयोगमा सिन्धुलीमा अठार पक्की पुल निर्माण

सिन्धुलीको जीर्घा खोलामा निर्माण हुदै गरेको पुल ।

मिनकुमार दाहाल/जेठ १२

सिन्धुली जिल्लाको विभिन्न स्थानमा जापान सरकारको सहयोगमा १८ वटा पक्की पुल निर्माण हुन लागेको छ । जापनीज नागरिकले तिरको राजस्वको केही रकम नेपाल सरकारलाई उपलव्ध गराको थियो । सिन्धुली जिल्लमा निर्माण हुन लागेको १८ वटा पुन निर्माण गर्न जापान सरकारलाई नेपाल सरकारलाई ९९ करोड जापनिज एन अनुदान सहयोग उपलव्ध गराएको हो ।

 सिन्धुलीको कमलाखोंच क्षेत्रमा ११मरिण क्षेत्रमा ४ तथा सिन्धुली-भिमस्थान सडकमा ३ वटा सहित १८ पुल यसै आर्थिक वर्षवाट निर्माण सुरु भएको जापनिज कन्सल्टेन्सी नीपोन कोईका इन्जीनियर दशरथ प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जापान सरकारको सहयोगमा निर्माण भैरहेको वर्दिवास-सिन्धुली-धुलीखेल सडकलाई जोड्ने सहायक सडकका पुल निर्माण गर्न जापान सरकार लागी परेको इन्जीनियर श्रेष्ठले वताउनुभयो । जापानका नागरिकले त्यहाँको सरकारलाई तिरेको राजस्ववाट जम्मा भएको रकमले सिन्धुलीका कृषकको शहरमा पहुच पुर् याउने पुलहरु निर्माणमा जापान सरकारले सहयोग गरेको उहाँको भनाई छ ।

 जापान सरकाले पुल निर्माण भइरहेको क्षेत्रको कृषि उत्पादन प्रत्साहन गर्ने र त्यहाँको जनसंख्या हेरेर पुलको डिजाइन गरेको इन्जीनियर श्रेष्ठले वताए । निर्माणाधिन विपी राजमार्गलाई छोएका सहायक सडकमा पुलनिर्माण गरिदिन नेपाल सरकारले अनुरोध गरे पछि जापान सरकारले सिन्धुली जिल्लाको विभिन्न स्थानमा १ सय ३५ वटा पुल निर्माण गर्न लागेको इन्जीनियर थापाले जानकारी दिनुभयो ।  जिल्लाको विभिन्न स्थानमा निर्माण भैरहेका पुल निर्माण सम्पन्न भए पछि पुन आर्थिक वर्ष ०६८/०६९ मा सिन्धुलीको विभिन्न स्थानमा १सय १७ पक्की पुन निर्माण गर्न जापान सरकारले प्रकृया अगाडी वढानउने तयारी पुरागरेको छ । आर्थिक वर्ष ०६८/०६९ को लागी पुलको डिजाइन तथा इन्टमेट जापान सरकारले सम्पन्न गरी सकेको छ इन्जीनियर श्रेष्ठले वताउनुभयो । 

जापान सरकारको सहयोगमा निर्माण भै रहेको सिन्धुली-भिमस्थान-चकमके सडकमा पर्ने जिर्घा खोलामा ४ करोड १५ लाखको लागतमा पुल निर्माण भैरहेको छ । सो पुल स्वछन्द निर्माण सेवा प्रालीले निर्माण गर्न लागेको उद्धव दाहालले वताए । जिर्घाधमिले तथा वेसारे खोलामा पुन निर्माण सम्पन्न भए पछि भिमस्थानवेलघारीचकमके सम्मका कृषकहरुको पहुँच सिधै सदरमुकामसँग जोडीने भिमस्थानका प्रल्हाद पोखरलले वताए । पुल निर्माण पछि त्यस भेगका कृषकहरुले उत्पादन गरेका कृषि जन्य पदार्थ अन्नतरकारीदुधअण्डाले वजार पाउने छन् र कृषकहरु आर्थिक रुपले सम्पन्न हुने पोखरेलले दावी गर्नुभयो ।




Related

स्थानिय 5449269584238442921

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item