प्रधानाध्यापकद्धारा ९७ हजार हिनामिना
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_7522.html
जेठ १२
पुरानो झाँगाझोली ३ लिटेभन्ज्याङ् स्थित श्री जनज्योती प्राविका प्रधानाध्यापक केदार थापालाइ स्थानिय तथा अभिभावकहरुले रकम हिनामिना गरेको आरोप लगाएका छन् । २०६० सालदेखि विद्यालयको हिसावकिताव अडिट नगराएको भन्ने अभिभावकको गुनासो आएपछि अडिटरलाइ विद्यालयमै वोलाइ अडिट गर्न लाउँदा सन्तानव्वे हजार रुपैयाँ हिनामिना भएको देखिएको छ । त्यति मोटो रकम वेरुजु देखिएला भन्ने कठै ति प्रधानाध्यापकले सोचेका पनि थिएनन् होला तर त्यहि नै भैदियो । वेरुजु देखिएको रकम हिनामिना गरेको प्रअ केदार थापाले स्वीकार गर्नुका साथै तिर्नॆ कवुल पनि गरिसकेका छन् । तर स्थानिय तथा अभिभावकहरुले भने भ्रष्टाचार गर्ने तथा रकम हिनामिना गर्ने प्रधानाध्यापकलाइ विद्यालयवाट नै निकाल्नुपर्ने माग राखेका छन् ।
गाउँको भरखर विकास हुँदै गरेको यस्तो विद्यालयलाइ सहयोग गर्नु त कता उल्टै रकम हिनामिना गर्ने यस्ता शिक्षकलाइ वहिष्कार गर्नैपर्छ भन्दै आक्रोस पोख्छन् अभिभावक संघका अध्यक्ष कष्ण वहादुर विसंखे । प्रअले अझ बढी रकम हिनामिना गरेको हुनसक्ने आशंका व्यक्त गर्दैे नक्कली विल पेश गरेको समेत अभिभावकहरुले आरोप लगाएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !