कोलम्वियाका नेल्सन कार्डोनाको "८८४८ एभरेष्ट" पुस्तक सार्वजनिक
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_3182.html
सिन्धुली दर्पण/वैशाख २८
एउटा मात्र खुट्टा भएका कोलम्वियाका नेल्सन कार्डोनाले सगरमाथा चढ्दाको अनुभव समेटेर "८८४८ एभरेष्ट" नामक पुस्तक सार्वजनिक गर्नुभएको छ । दक्षिण अमेरिकी मुलुक कोलम्वियाका नेल्सन कोडोनाले एक खुट्टा हुनेले पनी गाह्रो काम गर्न सक्छन् भन्ने उदाहरण गत वर्ष सगरमाथा आरोहण गरेर देखाईदिएका छन् ।
नेपाल भ्रमण गर्दाको अनुभव र सगरमाथा आरोहण गर्दाको अनुभवलाई समेटेर स्पेनिस भाषामा "८८४८ एभरेष्ट" पुस्तक यहि वैशाख २५ गते सार्वजनिक गर्नुभएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा सिन्धुली शान्तेश्वरीका स्थायी एव कोलम्वियाका रेष्टुरेन्ट व्यवसायी छत्र वहादुर मैनालीको विशेष आतिथ्यतामा गएको आईतवार सार्वजनिक भएको हो ।
सो कार्यक्रममा आयोजक अतिथीहरुलाई नमस्कार एवं तासी देलेक भन्दै स्वागत गरिएको थियो । कार्यक्रममा कोडोनाले आरोहण गर्दाको तस्विरहरुनेपाली सस्कृतीसहनसहनसाथै प्राकृतिक रमणीय दृष्यहरु प्रदशन गरिएको थियो । नेपालको प्राकृतक सम्पदाका तस्विरहरु देखेपछी कोलम्वियाली नागरिकहरु होसिएको र आफुले पनी नेपालको प्राकृतिक,धार्मिक,सास्कृतीक सम्पदाको वारेमा प्रश्ट पारेको सगरमाथा रेष्टुरेन्ट व्यवसायी समेत रहनु भएको मैनालीले जानकारी दिनुभयो ।
साथै कार्यक्रममा उपस्थितहरुले तपाई नेपालको कुन ठाउँको भन्दा आफु सिन्धुली जिल्लाको भएको र सिन्धुलीमा पनी धेरै घुम्न लायक ठाउँ रहेको भन्दै सिन्धुलीको वारेमा वर्णन गरेको मैनालीले जानकारी दिनुभयो । सन २०१० मा सगरमाथा आरोहण गरेका कार्डोनाले पनी नेपाल भ्रमण गर्न उपयुक्त ठाउँ रहेको भन्दै नेपालको प्रशङशा गरेको मैनालीले जानकारी दिनुभयो ।
| कोलम्वियाका सगरमाथा आरोहि कार्डोना र सगरमाथा रेष्टुरेन्टका सचालक छत्र वहादुर मैनाली । |


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !