सिन्धुलीको कमलोखोज क्षेत्रमा सर्पको दगदगी


सिन्धुली दर्पण/वैशाख २८
सिन्धुलीको कमलाखोज क्षेत्रमा पर्ने दुधौली  लदाहभिर र टाडी गाविसमा सर्पदंशका कारण स्थानिय वासी त्रसित बनेका छन । सर्पले टोकेको उपचार गराउने डाक्टर मृतुनजय िसंह पनि एक वर्षदेखि विभिन्न सुविधाको माग गर्दै गाविसमा नवसेपछि स्थानिय वासी त्रसित बनेका हुन ।

 लामो समयदेखि गोगन करेट नामक सर्पका विभिन्न पजातीको टोकाइबाट पिडित  कमलाखोज क्षेत्रका वासिन्दाहरु अहिले जोखिमपूर्ण उपचार गराउन बाध्य भएको सर्प टोकाइ उपचार समितिका सदस्य राजु भण्डारीले बताउनुभयो ।

 आफ्नो ठाउँमा सर्पदंशले निम्त्याएको समस्याका विषयमा जिल्लामा आएर जानकारी गराउदा समेत सम्वन्धित निकायले बेवास्था गरेको उहाले गुनासो गर्नुभयो । १५ वर्षदेखि प्रतिघरधुरी एक सय रुपया तिनवटा गाविसको ५o हजार र जिल्ला विकास समितिले गरेको २ लाखको सहयोगले सर्पदशंको उपचारको व्यवस्था मिलाउदै आएका थियौ अहिले डाक्टरनै नभएपछि समस्या भएको दुधौली गाविसका प्राविधिक सहायक दिनेश अधिकारीले बताउनुभयो । 

अव सरकारकै आरक्षणमा हाम्रो ठाउँमा सर्पको उपचार गर्ने  डाक्टर व्यवस्था गरिदिनुपर्ने माग स्थानिय वासीले गरेका छन । सिन्धुलीको कमलाखोज क्षेत्रमा वर्षेनी सर्पको टोकाईवाट दर्जनौ सर्वसाधारणको ज्यान जाने गरेको छ । 

Related

स्थानिय 4411718089209133294

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item