नेपालको दोस्रो ठुलो नगरपालिकामा ३ जना नगर प्रहरी


विदुर पौडेल/बैशाख २७/सिन्धुली

भौगोलीका रुपमा नेपालको दोस्रो ठुलो नगरपालिकामा ३ जना मात्र नगरप्रहरी छन भन्दा सायदै पत्याउन गार्हो पर्ला  तर सिन्धुली जिल्लाको एकमात्र नगरपालिका कमलामाई नगरपालिकाको अवस्था यस्तै छ ।

 २० हजार ५ सय १२ हेक्टर क्षेत्रफल ३३ किलोमिटर पुर्व-पश्चिम लम्वाइ रहेको नगरपालिकामा ३ जना नगरप्रहरीले कार्यलयको सुरक्षाफुटपात व्यापारको नियन्त्रण छाडा चौपाय नियन्त्रणट्राफिक व्यवस्थाभवन निर्माण सम्पन्न प्रतिवेदन लगाएतको वाहिरको सवै काम गर्ने गरेको नगरप्रहरीहरु वताउछन ।

 २४ घण्टा डिउटी गर्नु पर्ने वाध्यता भएपनि अहिले सम्म वस्नको लागी नगरपालिकाले व्यवस्था नगरेकोले ठुलो समस्या आएको नगरप्रहरी इन्द्र गौतम वताउछन । नगरपालिकाको क्षेत्र ठुलो र भौगोलिक अवस्था पनि विकट र जनशक्ति कम भएकाले काम गर्न समस्या हुने गरेको उहाँले वताउनुभयो । सेवा सुविधा नेपाल सरकारको नियम अनुसार भएपनि आफुहरुको संख्या कम भएकाले फिल्डमा काम गर्न जादाँपनि स्थानियवासीले हेप्ने गरेको गौतमले गुनासो गर्नुभयो  । 

१ जना हवल्दार र ४ जना सिपाहीको दरवन्दि भएपनि दरवन्दी अनुसारको मान्छे नहुदा काम गर्न समस्या भएको नगरप्रहरी राम वहादुर कार्की वताउछन ।  महिनामा कम्तिमा पनि ३-४ वटा भवन निर्माण सम्पन्न भएको स्थलगत प्रतिवेदन दिनु पर्ने भएकाले फिल्डजादा एक जना मात्र जान पनि समस्या हुने र सवै जना जादाँ कार्यालयमा समस्या हुने कार्कीले वताउनुभयो । 
अर्का नगरप्रहरी मदन खड्का भने खटाइ अनुसारको पारिश्रमीक नपाएको वताउछन । नेपाल सरकारको नियम अनुसार सेवा सुविधा दिएपनि कर्मचारी चाहीँ नेपालसरकारको नियमअनुसार नभएको उनले गुनासो गर्नुभयो । तीन जना मात्र छौ २४ घण्टा को खटाइ एकजनाले मात्र काम गर्न गार् हो हुने भएको तीनै जनालाई २४ घण्टा खट्नु पर्ने वाध्यता रहेको उनले वताए । 

कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत भुपाल वराल भने अहिले नेपाल सरकारले नगरप्रहरीको अवधारणा हटाएर सामुदायीक प्रहरीको अवधारणा अधिसारेको बताउछन । अहिले नगरप्रहरीको प्रभावकारीता नदेखेर नेपाल सरकारले नगरप्रहरी नथप्न निर्देश गरेको अधिकृत वराले वताउनुभयो ।  सवारी पार्किङको व्यवस्था गर्ने काम ट्राफिक प्रहरीको भएको उनले वताए उनीहरुको काम भनेको भवन निर्माण भएको स्थानमा सडकवाट निर्माण सामाग्री हटाएको छकी छैन भनेर हेर्ने काम भएको वराल वताउछन । नेपाल सरकारले नगरप्रहरी नथप्न र सामुदायीक प्रहरीलाई सहयोग गर्न र सहयोग लिन आदेश दिएको अधिकृत वरालले वताउनुभयो ।  


Related

स्थानिय 3720362700968781305

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item