नेपाल तामाङ घेदुङको सचिवमा सिन्धुलीका काजिमान थिङ विजयी
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_10.html
सिन्धुली दर्पण/वैशाख २७
नेपाल तामाङ घेदुङको हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कुमार योाजन निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिका लागि सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको हो । हेटौडामा शनिबारदेखि सुरु भएको नेपाल तामाङ घेदुङको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कुमबहादुर तामाङ महिला उपाध्यक्षमा बेली लामा सचिवमा प्रतिक तामाङ र सिन्धुलीका काजिमान तामाङ तथा कोषाध्यक्षमा रत्न लामा निर्वाचित हुनु भएको छ ।
काजिमान थिङ रेडियो सिन्धुलीगढीको तामाङ भाषा रेडियो कार्यक्रमको प्रमुख पनी हुनुहुन्छ । नेपाल तामाङ घेदुङको सातौं राष्ट्रिय महाधिवेशन भव्यताकासाथ सम्पन्न गरौं पूर्ण अधिकारसहितको अखण्डित ताम्सालिङ निर्माण गरौं भन्ने मूल नाराका साथ सम्पन्न निर्वाचनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । महाधिवेशनमा देशभरका ५० भन्दा बढी जिल्लाबाट झन्डै ३ सय जना प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !