मध्यााचल क्षेत्रिय महोत्सवको खर्च पारदर्शि नभएको राजनैतिक दलहरुको ठहर
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_5700.html
लोकहरि आचार्य/बैशाख २६
![]() |
| २०६७ साल माघ २८ गते मध्यमााचल क्षेत्रिय महोत्सवको उदघाटन गदै राष्ट्रपती रामवरण यादव । |
सिन्धुलीमा संचालन भएको मध्यााचल क्षेत्रिय महोत्सवको आज आय व्यय विवरण सार्वजनिक गरिएको छ । महोत्सवको मुख्य आयोजक सिन्धुली उद्योग वाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरि आय व्यय विवरण सार्वजनिक गरेको हो ।
महोत्सव सकिएको २ महिनाा पछि सार्वजनिक गरिएको आय व्यय विवरण पारदर्शि नभएको राजनैतिक दलहरुले बताएका छन् । सिन्धुली वाणिज्य संघका अध्यक्ष मीनवहादुर श्रेष्ठले कार्यक्रममा ३९ लाख ४६ हजार ८ सय ८५ रुपैयाँ ८६ पैसा आय व्यय विवरण प्रस्तुत गर्नु भयो । कार्यक्रममा खर्च विवरण पारदर्शि नभएको भन्दै राजनैतिक दलहरुले आलोचना गरेका हुन् ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादी सिन्धुलीका सहइन्चार्ज राजन दाहालले बजेट योजनावद्ध तरिकाले खर्च नभएको एउटै खर्च शिर्षक धेरै ठाउँहरुमा भएकोले खर्चमा अविश्वास पैदा भएको बताउनु भयो । त्यस्तै होटलमा बढी खर्च भएकोमा उहाँले आपत्ति समेत जनाउनु भयो । त्यस्तै नेपाली कांग्रेसका सभापति मोहन वरालले महोत्सव आयोजक समिति जिल्ला विकास कार्यालय सिन्धुली कै कर्मचारीले लेखापरीक्षण गर्दा झनै अपारदर्शि भएको बताउनु भयो । आयोजक आफैले लेखापरीक्षण गर्दा अनियमिता ढाकछोप हुने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै सभापति वरालले महोत्सवमा प्रवेश शुल्क वापत काटिएको टिकटको कुनै लेखा जोखा नभएको दावी समेत गर्नु भयो ।
कार्यक्रम मै बोल्दै नेकपा एमालेका खड्ग खत्रीले महोत्सवले व्यक्तिगत फाइदा भए पनि सामुहिक फाइदा भने कमै भएको बताउनु भयो । लेखापरीक्षण हेर्दा राम्रो भए पनि त्यसले अनियमिततालाई बढी प्रश्रय दिने किसिमको भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले महोत्सवले स्थानीय स्तरको उत्पादनलाई कमै प्राथमिकता दिएको बताउनु भयो ।
कार्यक्रममा नेकपमा माक्स्रवादीका हिरण्यलाल श्रेष्ठ विभिन्न संचार माध्यमका प्रतिनिधी व्यापारी लगायतले महोत्सवको बारेमा आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रममै सिन्धुली उद्योग वाणिज्य सघं सिन्धुलीको आय व्यय विवरण पारदर्शी नभएको भन्दै राजनैतिक दलका प्रतिनिधीपत्रकारव्यापारीले कार्यक्रम वहिष्कार गरेका थिए । महोत्सव २०६७ माघ २७ गते देखि फागुन ९ गते सम्म संचालन भएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !