सिन्धुलीका कृषकहरु च्याउ खेतीतर्फ आकर्षित

सिन्धुली दर्पण/जेठ १
च्याउ खेतीप्रति सिन्धुलीका कृषकहरु आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कमलामाई नगरपालिकाको विभिन्न वडाहरु एवं हत्पतेसितलपाटी तिनकन्या गाविसमा कृषकहरुले व्यवसायीक च्याउ खेती गर्न थालेका हुन् ।
 जिल्ला कृर्षि विकास कार्यालयको कृषि प्रचार कार्यक्रम र समुदाय व्यवस्थित िसंचित क्षेत्र कृषि विकास कार्यक्रम अन्र्तगत सिन्धुलीमा च्याउ खेती यस आर्थिक वर्षवाट अघि वढेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत पवन िसंह भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रम अन्र्तगतनै सितलपाटी र हत्पते गाविसमा च्याउखेती गरिएको पनी भण्डारीको भनाई थियो । च्याउ खेती उत्पादन पश्चात विक्री गरिहाल्नुपर्ने भएकाले पनी विपि राजमार्ग आसपासको गाविस र नगरपालिका क्षेत्रका कृषकहरुलाई प्रोत्साहन गरिएको अधिकृत भण्डारीको भनाई थियो । कमलामाई नगरपालिका भित्र मधुटारमिलनचोकडाडाटोल र ढुङ्ग्रवासमा व्यवसायीक रुपमा कृषकहरुले च्याउ खेती गदै आईरहेका छन् ।

Related

स्थानिय 5513112443173432567

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item