रामेछाप भलवाजोरमा १ करोड ६ लाखको खानेपानी योजना वगाउने खतरामा


उमा केसी /जेठ १/रामेछाप 
रामेछापको भलुवाजोर गाविसको कुनौरीमा राखीएको क्रसर मेसीन जोगाउन खनिएको खहरेले तामाकोशी थुनेपछि भटौली गविसको मुगिटारमा रहेको जग्गा कटान हुने संभावना बढेको छ । खहरेले छेकेर कोशीले धार परीवर्तन गरेपछि भटौली २ कोसी खेतको १ सय रोपनि जग्गा कटान हुने भएको हो ।

त्यस्तै १ करोड ६ लाखको मुगिटार खानेपानी योजना र ३५ लाखको माझी गाँउ ठेडिखोला खानेपानी योजनाको २ ओटा इनार समेत बगाउने खतरा रहेको स्थानियबासी पाण्डप प्रसाइले बताउनुभयो ।

 कोसीको धार परिवर्तन भएपछि भटौली २ को १ सय रोपनी खेत समेत ताल बनेको छ ।  कोसीलाई पुरानै धारमा फर्काउन नसकिए ठूलो लगानीमा निर्माण भएको खानेपानि योजना र इनार समेत बगाएर लैजाने पनि स्थानियबासी प्रसाइले जानकारी दिनुभयो । आपुनो खेत बगाउने भएपछि स्थानियबासिहरु भने  चिन्तित बनेका छन् ।

Related

स्थानिय 5066195668983325251

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item