महोत्तरीका अन्नत्यागी वुढाथोकीद्धारा संविधान निर्माणका लागि धर्ना



सुरेश विडारी/जेठ १/महोत्तरी 
महोत्तरीको गौरिबासका अन्नत्यागी यमबहादुर बुढाथोकीले आजबाट समयमै संविधान निर्माणका लागि दवाव दिन धर्ना सुरु गर्नु भएको छ ।

 पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दिबास स्थित भोला बसन्त चोकमा बुढाथोकीले धर्ना सुरु गरेका हुन् ।  
पटकपटक संविधान सभाको म्याद थपेर सभासद्हरुले तलब भत्ता र सुविधामात्र लिएर आफ्नो जिम्मेवारी पूरा नगरेकोले आफूले संविधान निर्माणकालागि दवाव दिन आजबाट धर्ना सुरु गरेको अन्नत्यागी बुढाथोकीले बताउनुभयो ।

आज दिउँसोबाट सुरु गरिएको धर्ना जेठ १४ सम्म जारी रहने बताइएको छ । बुढाथोकीले २०६७ माघ ९ गतेदेखि संविधान नबनेसम्मका लागि अन्न नखाने घोषणा गर्नुभएको थियो ।

Related

स्थानिय 8310544466060932251

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item