के तपाईंको ल्यापटपको ब्याट्री छिट्टै सकिन्छ ?
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_5413.html
सुचना प्रविधिको विकासले डेक्सटप कम्प्युटरको सट्टा आजभोली ल्यापटपको प्रयोगले व्यापकता पाउन थालेको छ । ट्याबलेट र पाम टप समेत पछिल्लो पुस्ताको आकर्शषण बन्न थालेको छ । तर लोडसेडिङको कारण ल्यापटपको ब्याट्री छिट्टै सकिने समस्या धैरैको टाउको दुखाइ बन्न पुगेको छ । तर पनि निम्न कुराहरुलाई ध्यान दिन सके ल्यापटपको ब्याट्री केहि हद सम्म बढि ब्याकअप दिने बनाउन सकिन्छ ।
१. तपाईंको ल्यापटपमा स्क्रीनको लाईट डिम गर्ने सुबिधा छ र आफ्नो ल्यापटपको ब्याट्रीलाई लामो समय टिकाउन चाहनु हुन्छ भने हुन्छ भने स्क्रिनलाई डिम गरेर राख्नुहोस् ।
२. ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्नुहोस् । एक पटकमा धेरै प्रोग्रामहरु चलाउनाले ब्याट्री धेरै खपत हुन्छ ।
३. ल्यापटमा गेम खेल्नाले धेरै नै ब्याट्री खपत हुन्छ, अझ सिडि रोममा सिडि राखेर खेल्दै हुनुहुन्छ भने यस्ले ब्याट्री निकै खपत गर्छ ।
४. प्रंविधिको विकाससँगै आजभोली नयाँ नयाँ ब्यटी«हरु पनि बजारमा आउन थालेका छन् । यदि तपाई नयाँ ब्याट्री तथा ल्यापटप किन्दै हुनुहुन्छ भने बजारमा लामो समय टिक्ने ब्यट्रिहरु पनि उपलब्ध छन् त्यसैलै यी कुराहरुमा पनि ध्यान दिनुहोस् ।
५. यदि तपाईं ब्याट्रीमा काम गर्दै हुनु हुन्छ भने आइट्युन्स्, डेक्सटप सर्च जस्ता प्रोग्रामहरु सकेसम्म बन्द गर्नुहोस् । यस्ता प्रोग्रामहरुले सिपियुको लोड बढाउने भएकाले ब्याटी धेरै खपत हुन्छ ।
६. ल्यापटपमा यदि युएसबी डिभाइस, वाइफाई प्रोग्रामको प्रयोग भइरहेको छैन भने यसलाई सटडाउन गरेर राख्नुहोस् । यिनीहरुले पनि ब्याट्री धेरै खपत गरी रहेका हुन्छन यदि तपाईं आइपड लाई ल्यापटपबाट चार्ज गर्दै हुनुहुन्छ भने यस्ले पनि ब्याट्री खपत गरिरहेको हुन्छ , यो कुरामा ख्याल गर्नुहोस् ।
७. यदि तपाईले ब्याट्रीको टिकाउको निम्ती ल्यापटपलाई स्ट्यान्डबाई मुडमा राख्नुभएको छ भने यस्लाई हाइबर्नेट मुडमा राख्ने गर्नुहोस् । हाइबर्नेट मुडमा स्ट्यान्डबाई मुडमा भन्दा धेरुै पावर बचत हुन्छ ।
८. यदि तपाईंले सिडी वा डिभिडी प्रयोग गर्नु भएको छैन तर सिडी रोममा सिडि राखी राख्नु भएको छ भने पनि पावर खपत भइ नै रहेको हुन्छ त्यसैले रोम भित्र अनावश्यक समयमा सिडि नराख्नुहोस् । ल्यापटपमा सिडी वा डिभिडीले धेरै पावर खपत गर्छ ।
९.करिब एक महिनाको अन्तरमा ब्याट्रीको मेटल कनेक्ट सफा गरीरहनुहोस्,यसले ब्याट्रीबाट पावर ट्रान्सफर राम्रोसँग गर्छ ।
१०. प्राय हामीहरुको बानी ब्याट्रीलाई एक पटक फुल चार्ज गरीसकेपछि त्यसलाई लामो समयसम्म प्रयोग नगर्ने हुन्छ । तर त्यस्तो होइन, एक पल्ट चार्ज गरिसकेपछि कमसेकम हप्तामा अनिवार्य एक चोटि भए पनि यस्को प्रयोग गर्नुहोस् । त्यस्तै ब्याट्रीलाई लामो समय सम्म डिस्चार्ज पनि छोड्ने नगर्नुहोस् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !