वनमै खेरजाने काफल वेचेर लाखौ आम्दानी
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_2729.html
सिन्धुली दर्पण/वैशाख २६
सिन्धुलीको ग्रामिण क्षेत्रका विपन्न वर्गका कृषकहरुले काफल वेचेर वर्षेनी लाखौ आन्दामी गदै आईरहेका छन् । सिन्धुलीको रतनचुरा ९ का जय वहादुर तामाङ् वर्षेनी एकलाख पचास हजार काफल वेचेरै कमाउनु हुन्छ । चैत देखी जेठ सम्म फल्ने काफँल प्रति डालो दुई हजारदेखी पच्चीस सयसम्म कमाईहुने र प्रत्येक वर्ष काफल वेचेरै घरपरिवार चलाउन सजिलो भएको उहाँको भनाई छ ।
तामाङले काफल विकि्रवाट पैसा कमाएको देखेर धेरै गाउँलेहरुले पनी काफल विकि्रका लागी सिन्धुलीमाढी ल्याउने गरेको उहाको भनाई छ । वनको कन्दमुल वनमै नासिएर सकिन्थ्यो तर त्यसलाई वजारसम्म ल्याउदा उपभोक्ताले रुचाएपछी धेरै व्यापारप्रती आकर्षित भएका छन् । रतनचुरा ९ कै राजन खत्रीपनी वर्षेनी काफल विकि्रवाट नै सत्तरीदेखी असी हजारसम्म कमाउनुहुन्छ । राम्रो आम्दामी हुने र उपभोक्ताको वढ्दो रुचीका कारण काफलको व्यापार गरिव कृषकका लागी गुजाराको माध्यम वनेको उँहाको भनाई छ ।
सिन्धुलीको तिनकन्या रतनचुराजलकन्यामहादेवस्थानतोस्रामखोलावाहुनतिल्पुङभद्रकालीलगायत दर्जनौ गाविसहरुमा काफलको लागी उपयुक्त स्थानको रुपमा लिईन्छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !