मूल्यवृद्धिका कारण डबलमज्जा खानेहरू पराग खान थाले


 - शुभनारायण यादव /जेठ १६

विनाभन्सार अवैधरूपमा चोरी निकासी गरेर ल्याउने सामानको मूल्य दोब्बर भएपछि उपभोक्ताहरू मारमा परेका छन् ।

मूल्यवृद्धिका कारण डबलमज्जा (रजनीगन्धा) खाने उपभोक्ताहरू अहिले पराग गुटखा खान थालेका छन् । विगत केही दिन यता सो रजनीगन्धा अर्थात डबलमज्जाको मूल्य दोब्बर भएपछि उपभोक्ताहरूले खान छाडेको बताइएको छ ।

प्रतिबन्धित ति अवैद्य सामानहरू भारतबाट तस्कारहरूले विना भन्सार नेपाल भित्रयाएर खुलेआम बेचबिखन गरिरहेको र पहिलेको भन्दा तेब्बर-चोब्बर बढी मनोमानी तरिकाबाट लिने गरेको उपभोक्ताहरू बताउँछन् ।

डबलमज्जा, गुटखा-पराग जान लेवा है, इस से क्यान्सर होता है यी स्लोगन ति सामानहरूमा लेखिएका शब्द हुन, तर पनि यि सामानहरू खानका लागि उपभोक्ताहरूको लत बसिसकेको छ । अहिले यिनी सामानको मूल्य दोब्बर भएपछि उपभोक्ताहरूले पहिलेको भन्दा थोरै खान थालेका छन् । यसअघि डबलमज्जाको प्याकेटलाई ४ सय ५० रुपैयाँ पर्दथ्यो भने अहिले ८ सय पर्ने गरेकाले दोब्बर मूल्यमा प्रतिगोटा २० रुपैयाँमा स्थानीय बजारमा बेचबिखन गर्नुपर्ने सञ्जीव पान पसल बरही नहर चोकका सञ्जीवकुमार यादवको भनाइ छ ।

उनी भन्छन्- \'हामीहरूलाई पनि पहिलेको भन्दा अहिले दोब्बर मूल्यमा खरिद गर्नुपर्ने भएकाले प्रतिगोटा १८ देखि २० मा बेच्नु परेको छ ।\'यद्यपि प्याकेटको प्रिन्टमा भने ४ भारतीय रुपैयाँ मात्र लेखिएको छ । तर, स्थानीय बजारमा पसलेहरूले आफ्नो मनपरी ढंगले बेचबिखन गरिरहेको आरोप स्थानीय उपभोक्ताको रहेको छ । यस्तै नेपाली पराग गुटखाको प्रति प्याकेट रु. १ सय २० र शिखर गुटखाको रु. १ सय ८० खरिद दररेट रहे पनि ति सामानहरू स्थानीय पसलेहरूले प्रतिगोटा रु. ३ मा बेच्दै आएका छन् । जबकि यसअघि पराग र शिखर गुटखा रु. ५ मा ३ वटा पाइन्थे भने अहिले आएर रु. ६ मा दुईवटा पाइने गरेको स्थानीय उपभोक्ताहरूले बताए ।

तस्करहरूले भन्सार छलेर स्थानीय बजारमा खुलेआम आफ्नो मनपरी तरिकाबाट रकम लिएर बेचनबिखन गर्दा पनि सम्बन्धित निकाय तथा स्थानीय प्रहरी प्रशासनसमेत मौन रहेको गुनासो उपभोक्ताको छ । त्यस्ता सामानहरू बेचबिखनमा रोक लगाउनुपर्ने देखिएको छ । यता सप्तरीका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले त्यस्ता सामानहरू बिक्रीमा कडाइका साथ रोक लगाउनुपर्ने बताउँछन् ।
 

Related

अर्थ 913018587873520121

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item