आयआर्जनसँगै विकासमा लागे गाउँलेहरु
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_6015.html
विमला पाण्डे/वैशाख २५
आपसमा मिलेर विकास तथा सामाजिक कामहरु गर्न थालेपछि सिन्धुलीको लदाभिर गाविस आजभोलि नमुनाको रुपमा विकसित भएको छ । परिवारका सदस्य जस्तै आपसमा मिलेर काम गरी विकास तथा समाजमा हुने हरेक गतिविधिमा सरिक हुनथालेपछि उनिहरुको गाउ नमुना भएको हो ।
मेलमिलाप सँगै यहाँका बासिन्दाहरुले आयआर्जन गर्न पनि थालेका छन् । पुरानो शैलीको कृषि तथा पशुपालनलाई पनि उनीहरुले नयाँ शैलीमा गर्न थालेका छन् ।
लदाभिर गाविस वडा नम्वर १ र २ का दुई सय घरधुरीले िसंचाईका लागि घरघरमा प्लाष्टिक पोखरी निर्माण गरि भाँडा माझेको लुगा धोएको र तरकारीहरु पखालेको पानी संकलन गरि िसंचाइ गर्न थालेका छन् । यसरी संकलित पानीबाट तरकारी खेति गर्न थालेका छन् । खाने तरकारी समेत उत्पादन नगर्ने किसानहरुले उत्पादित तरकारी सिन्धुलीको दुधौली उदयपुरको कटारीसम्म लगेर बेच्ने गरेको स्थानीयबासी नन्दमाया बुढाथोकीले बताइन । उनले तरकारी उत्पादन गरेर मासिक ३० देखि ३५ हजार सम्मको आम्दानी गर्दै आएकी छिन् ।
लदाभिरका मानिसहरुले कसैको सहयोग विना पनि टोलटोलमा सडक पुर् याएका छन् । गाउँका ९९ जनाले २६ दिन लगाएर ग्राभेल स्तरको बाटो निर्माण समेत गरेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !