सिन्धुलीकी सल्वता घिमिरेले जितिन किड क्विन


सिन्धुली दर्पण/वैशाख १९
सिन्धुलीकी सल्वता घिमिरेले यस वर्षको किड क्विन उपाधी जितेकी छिन् । नेप्लीज फेसन होमले आयोजना गरेको नवौ सस्करण अन्र्तगत १३ वर्षिय घिमिरेलाई निर्णायक मण्डलले नेपालमा के गरे पर्यटन आकर्षण वढ्ला  भन्ने प्रश्नको उत्तरमा शान्ति शुरक्षा स्थापना गर्नुपर्छ भन्दै ४१ प्रतिस्पर्धीलाई पाखा लगाउदै उपाधी जित्न सफल भएकी हुन् ।
 न्यु जेनिथ मोडेल स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी घिमिरेले नगर १० हजार रुपैया र ताज पाएकी हुन् ।
सिन्धुली ढकालगाउँ घरभई काठमाण्डौ वस्दै आएकी उनले भविष्यमा डाक्टर वन्ने सपना रहेको सुनाएकी थिईन् । कार्यक्रममै फस्ट रनरअप १३ वर्षिय सरगम वस्नेत र सेकेन्ड रनरअप १३ वर्षिय सृष्टि तामाङ भईन । दुवैजनालाई आयोजकले नगद ७ हजार र ५ हजार रुपैयाँ र अन्य उपहारहरु दिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा गायक उदय सोताङनिर्णय श्रेष्ठ लगायत रहेका थिए । वालवालिकाको व्यक्तित्व विकासको उदेश्यका साथ कार्यक्रम गरिएको आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी  दिनुभयो ।

Related

स्थानिय 342718483703621380

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item