दुइ युवाहरुको समूहबीच झडप हुँदा २० जना घाइते


सुरेश बिडारी/महोत्तरी/वैशाख २० 
महोत्तरीको औरहीमा दुइ युवाहरुको समूहबीच झडप हुँदा २० जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको होप बर्दिबास अस्पतालले जनाएको छ । सदरमुकाम जलेश्वरबाट फुटबल खेलेर फर्कदै गरेको हाथिलेट र बेलगाक्षीका युवाहरुबीच हिँजो झडप भएको इलाका प्रहरी कार्यालय गौशालले जनाएको छ । झडपमा परी जीवन चौधरीलाई चितवन भरतपुर थप उपचारका लागि रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । अन्य घाइतेहरुको बर्दिबासमा रहेको होप बर्दिबास अस्पतालमा उपचार भैरहेको छ ।

 उता हाथिलेटका युवाहरुले भने औरहीको पावर हाउस नजिक नकाव धारी ७/८ जनाको संख्यामा आएका व्यक्तिहरुले आफूहरुलाई आक्रमण गरेको दावी गरेका छन् । ५० जना भन्दा बढी युवा सवार सवारी साधनको ड्राइभरलाई नियन्त्रणमा लिएर आक्रमणकारीले ढङ्गा र लठ्ठीले जथाभावी प्रहार गरेको हाथिलेटका सुरज बस्नेतले जानकारी दिनुभयो । जलेश्वरमा खेल्ने क्रममा वेलगाक्षी र हाथीलेटका खेलाडीहरुबीच भएको विवादलाई लिएर नै औरहीमा दुइपक्षबीच झडप भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो  ।

Related

स्थानिय 6621771623344828201

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item