सिन्धुलीमा करिव एक करोड छात्रवृति वितरण


जेठ ६,
जिल्ला शिक्षा कार्यालयले सिन्धुलीका सवै विद्यालयमा एक साथ दलितछात्रा तथा सिमान्तकृत जातिका विद्यार्थीहरुलाई निर्देशन दिए पछि शुक्रवार सिन्धुलीका अधिकांश विद्यालयले नेपाल सरकारले उपलव्ध गराएको छात्र वृति वितरण गरेका छन् । जिल्ला शिक्षा कार्यालले ५सय ५५ विद्यालयमा करिव एक करोड रुपयाँ छात्र वृतिको लागी निकासा दिएको शिक्षा कार्यालका उपसचिव वलवहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला शिक्षा कार्यालयले जेठ ६ गते जसरी पनि छात्र वितृ वितरण गर्नु पर्ने परिपत्र सवै विद्यालयलाई गराएको उहाँले वताउनुभयो । 

प्रत्येक वर्ष शिक्षकले छात्र वृति वितरण नगरी रकम हिना मिना गरेको भन्ने गुनासो शिक्षा कार्यलयमा आउने गरेको ले यस वर्ष जिल्लाका सवै विद्यालयमा एकै दिन नेपार सरकारद्धारा प्राप्त सो अनुदान रकम वितरण गर्न विद्यालयलाई निर्देशन दिएको उपसचिव कार्कीले वताउनुभयो । नेपाल सरकारवाट सिन्धुलीका विभिन्न विद्यालयमा रहेका दलित विद्यार्थीको लागी ७३ लाख २८ हजारछात्राको लागी १८ लाख २८ हजार तथा सिमान्तकृतको लागी १३ लाख ९२ हजार ३ सय रकम निकासा भएको छ । मावि सिमान्तकृत जातिका  प्रतिविद्यार्थीले १ जार ७ सयआधारभुत तहको लागी प्रतिविद्यार्थी ४९० दरले रकम पाउने जिल्ला शिक्षा कार्यालयका उपशचिव कार्कीले वताउनुभयो । 

त्यसै गरी दलित माविका छात्रा तथा छात्राले प्रति व्यक्ति ५ सय आधारभुत तहले ४ सयका दरले छात्रवृति वितरण गरीएको छ । सिन्धुलीको कमलामाई नगरपालीका-२ खट्टारको वरुणदेवी माध्यमिक विद्यालयले विद्यालयका रहेका सवै विद्यार्थीहरुलाई शुक्रवार छात्र वृति विरण गर् यो । सो विद्यालयले आयोजना गरेको छात्र वृति वितरण प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले गरेका थिए । जिल्ला शिक्षा कर्यालयले उपलव्ध गराएको छात्र वृति रकम वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले राज्यले दिएको सुविधा सहि तरिकारले उपयोग गर्नु पर्ने वताए । भोलीको नयाँ नेपाल निर्माण गर्न अहिले देखी नै वालवालीकाहरु लागी पर्नु पर्छ प्रजिअ भण्डारीको भनाई थियो ।

Related

स्थानिय 3562162971290685270

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item