वृद्धभत्ता लिएर गाविस सचिव फरार
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_2151.html
विदुर पौडेल /जेठ ६

धनुषा जिल्लाको तुलसी गाविसका तत्कालिन गाविस सचिव शुसिल गिरी वृद्ध भत्ता लिएर भाग्नुभएको छ । धनुषा सदरमुकामवाट ७० किलोमिटरको दुरीमा रहेको सिन्धुलीसँग सिमाना जोडिएको धुनषा जिल्लाकॊ तुलसी गाविसका वृद्ध-बृद्धाहरु एक वर्ष तीन महिना को भत्ता वापतको रकम हिनामिना गरी उहाँ सम्पर्क विहिन भएको जिविस धनुषाले जनाएको छ ।
गाविस सचिवले आफुहरुको नाममा नेपाल सरकारले दिएको भत्ता खाएको स्थानियवासीले आरोप लगाएका छन । नेपाल सरकारले ७० वर्ष उमेर पार गरी सकेका बृद्धएक्कल महिलाहरुलाई्र मासिक रुपमा उपलव्ध गराउदै आएको मासिक ५ सय रुपैया भत्ता तत्कालिन गाविस सचिव शुसिल गिरीले हिनामिना गरेर सम्पर्क विहिन रहेको जिविस धनुषाले वताएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !