श्रीमानभन्दा जेठो श्रीमती
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_8591.html
- एजेन्सीको सहयोगमा
बिहे बजारको एउटा अघोषित नियम नै जस्तो छ । बेहुलाको उमेरभन्दा बेहुलीको उमेर कम हुनुपर्ने । यो मान्यताले दक्षिण एसियामा त झन् जरो गाडेर बसेको छ ।अझ पहिले-पहिले त वृद्ध पुरुषसँग किशोरीको बिहे गरिदिइन्थ्यो । यो प्रचलन भने हटिसकेको छ । अझै आफूभन्दा जेठी श्रीमतीलाई सजिलै पचाउन सकेको छैन हाम्रो समाजले । पश्चिमा मुलुकमा पनि बिहे गर्दा पुरुषको तुलनामा महिलाको उमेर कम हुने गरेको छ । तर, विस्तारै यो प्रवृत्ति परिवर्तन भइरहेको एक अनुसन्धानले देखाएको छ । ब्रिटेनमा श्रीमानभन्दा जेठो श्रीमतीको संख्या बढिरहेको एक तथ्यांकले देखाएको छ । अहिले ब्रिटेनमा कुल विवाहित जोडीमा २६ प्रतिशत श्रीमती श्रीमानभन्दा जेठा छन् । सन् १९६३ मा १५ प्रतिशत श्रीमती मात्र श्रीमानभन्दा जेठो थिए । भर्खरै बिहे गरेका बेलायतका राजकुमार विलियमभन्दा उनी श्रीमती केट मिडल्टन पाँच महिना जेठी छिन् ।
यसैगरी, राष्ट्रिय तथ्यांक विभागले जारी गरेको विवरणअनुसार श्रीमानभन्दा पाँच वर्ष जेठी श्रीमतीको संख्या १९६३ को तुलनामा २००३ मा दोब्बर भएको छ । १९६३ मा १ प्रतिशत श्रीमती श्रीमानभन्दा पाँच वर्ष जेठा थिए । एन. सर्मसकी प्रमुख ५० वर्षीया ज्याक्युलिन गोल्डका श्रीमान् ड्यान कनिङह्याम उनीभन्दा १७ वर्ष कान्छा छन् ।
सामाजिक पहिचानमा उमेरले अहिले खासै प्रभाव पार्न छाडिसक्यो । त्यसैले श्रीमान्-श्रीमतीबीचको उमेरको ठूलो अन्तरलाई पनि समाज तथा श्रीमान्-श्रीमती दुवैले सजिलै पचाउन थालिसके अनुसन्धानकर्ता प्रोफेसर रुथ ह्यानकक भन्छन् । राष्ट्रिय तथ्यांक विभागद्वारा जारी गरिएको तथ्यांकअनुसार अहिले ९ प्रतिशत समान उमेरका महिला-पुरुषले बिहे गरेका छन् ।
१९६० को दशकमा अधिकांशजसो श्रीमान् श्रीमतीभन्दा दुई वर्ष जेठा हुन्थे । थिंकट्याक एनास्थासिया डी. वाल भन्छिन्- 'पहिले-पहिले बिहे महिलाका लागि पहिचान थियो । तर, अहिले यो परिवर्तन भएको छ । अहिले बिहे पार्टनरसिप भएको छ ।' हिजोआज सामाजिक पद प्राप्त गर्नुभन्दा पनि आफ्नो व्यक्तिगत लक्ष्य हासिल गर्न संस्थाका रूपमा बिहेलाई लिन थालिएको ह्याकक भन्छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !