सिन्धुलीमा पेट्रोलीयम पदार्थको हाहाकार
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_6964.html
जेठ ११
करिव पन्ध्र्रदिन यता सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा पेट्रालको हाहाकार हुंदा स्थानीय मोटर साईकल वाहकहरुलाई खरो समस्या परेको छ । पेट्रालको अभावका कारण अत्याबस्यक काम काममा आवागमन गर्न समेत नसकिने अबस्था श्रृजना भएको छ ।
सविधान जारी गर्ने समय जेठ १४ गते नजिकिइृ रहदां संविधान जारी नभएर देश राजनैतिक अस्थिरताले अन्यौलताको स्थितिमा रहेको विधमान अवस्थामा बजारमा उपभोग्य सर-समानहरुको अभाव हुदै गएको छ । यही अवस्थामा सदरमुकाम सिन्धुलीमाडीमा पेट्रालको अभाव हुन गएको हो । सिन्धुली जिल्लामा कुल ६ वटा पेट्रोल पम्पहरु रहेका छन् ।
ती मध्धे जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा कमला आयल स्टोरशिद्वबाबा आयल स्टोरबाबा जनरल स्टोर र कमला आयल स्टोर रहेका छन् भने भिमानमा ममता आयल स्टोर र खुर्कोटमा साईबाबा पेट्रोल रहेका छन् । सदरमुकाम सिन्धुलीमाडीमा शिद्वबाबा आयलबाबा जनरल स्टोरले मात्र पेट्रोल बच्ने गरेकोमा हाल भने उनीहरुले पम्प मै ठूला अक्षरमा पेट्राल छैन भन्ने लेखेर राखेका छन् । यी पेट्रोल पम्पहरुमा न्यूनतम ८ हजारदेखि १२ हजार लिटर क्षमताको पेट्रोल स्टोर गर्ने ट्याकी रहेको बुझिएिको छ ।
केही समय यता पम्पहरुले नेपाल आयल निगमको धनुषा महेन्द्रनगरको डिपोबाट तेल लिनकालागि रुपैया समेत जम्मा गरेको अबस्थामा एक महिना भन्दा लामो समय बितिसक्ला समेत निगमले भने पेट्रोल दिन नसकेको शिद्वबाबा आयल स्टोर रातमाटाका मित्र थापाले बताए । उनका अनुसार पेट्रोल पम्पहरु व्यापार गर्ने सस्थाहरु भएकाले पेट्रोल भए सम्म बिक्री-बितरण गर्ने गरेको तर नभएको अबस्थामा पम्पहरु नै बन्द गर्नूपर्ने अवस्था श्रृजना आएको बताईन्छ ।
शिद्वबाबा आयलले भने आफ्नो स्टोरमा तेल भएको अन्तिम अबस्थामा सम्म सुरक्षा निकायएम्बुलेन्स र संचारकर्मीहरुलाई तेल दिने गरेको प्रोपाईटर थापाको भनाईृ रहेको थियो । तर यता विगत लामो समयदेखि पेट्रोल नभएर हैरानी व्यहोरी रहेका रिलिफ नेपालक अध्यक्ष शुखराज पौडेलले भनेसिन्धुलीमा मोटरसाईकलमा पेट्रोल हाल्न ठुलो संघर्ष गर्नु पर्ने अबस्था श्रृजना भएको बताउनु हुदै केही पेट्रोल पम्पहरुले भने तेलको मूल्य बढछ भन्ने आशामा सर्ब साधरणहरुलाई पेट्रोल नदिएको गुनासो गर्नु भयो । उहांका अनुसार पम्पहरुमा पेट्रोल भएर पनि अभाव श्रृजना गर्ने पम्पहरुको स्थानीय प्रशासनले खान तलासी गरी कार्यवाही गर्नुपर्ने बताउनु भयो ।
सदरमुकाममा पेट्रोलको चरम अभाव भैरहेको अवस्थामा केही व्यक्तिहरुले एक सय देखि एक सय पचास रुपैया लिटर सम्म रुपैयामा पेट्राल बिक्री-वितरण गदैृ आएको एक माटर साईकलवाहकको गुनोसो रहेको छ । सदरमुकामका कुनै पनि पेट्राल पम्पहरुले पेट्रोल नदिएपछि मोटर साईकलका बाहकहरु पेट्रोल भर्नकालागि भिमान स्थित ममता आयल स्टोरमा जाने गरेका छन् । पेट्रोलको अभावमा सिन्धुलीमाडीको एक सयबटा मोटर साईकलहरु थन्किइ सकेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !