जेठ १४ मै नयाँ संविधान जारी गर्न दवाव स्वरुप साइकल रयाली सम्पन्न
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_907.html
सिन्धुली दर्पण/बैशाख ३१
वर्तमान नेपालको राजनीति परिस्थितिमा दलका नेताहरु आउदो जेठ १४ मा पनि आलटाल गर्दै समय विताउने र संविधान सभाको म्याद अझै थप्ने दौडधुपमा लागिरहेका बेला सिन्धुलीमा भने १८ वर्ष मुनिका छात्रहरुले आउदो जेठ १४ मै नयाँ संविधान घोषणा गर्न दवाव स्वरुप आज साइकल रयाली सम्पन्न गरेका छन् ।
जेष्ठ १४ मा नयाँ संविधान घोषण गरराष्ट्रिय सहमति लागु गर सरकारको खिचातानी अत्य गरसंविधान सभाको म्याद थप्न पाइदैनराष्ट्रिय स्वाधिनताको रक्षा गरशान्ति र सद्भाव लागु गर लागायतका नारा सहित सिन्धुलीमाढीको मिलनचोक,ढुङेबास रातमाटा हुदैँ माझीटार र बजार परिक्रमा गरी लोकतान्त्रिक चौरमा आएर सभामा परिणत भएको थियो ।
रयालीको समापन कार्यक्रमा रोशनलाल गिरी,प्रशान्त सिन्धुलीय, आयूष पोख्रेल रामकुमार पोख्रेल लगाएतले जेठ आउदो १४ मै नयाँ संविधान जारी गर्न सबै नेताहरुलाइ लाई आग्रह गरेका थिए ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !