कलेजलाई एक करोड उठाउन घर दैलो



चूडामणि वाग्ले/वैशाख ३१/सर्लाही 

सर्लाहीको कर्मैयाबासीहरु आफ्नो गाउँमा सहयोग संकलन गरेर नै स्नातक तहको  क्याम्पस स्थापना गर्न सकि्रय भएका छन । एक महिना देखि क्याम्पस संचालक समितिका सदस्य तथा अन्य समाजसेवीहरु  आर्थिक संकलनको लागि गाविसको हरेक घर पुगिरहेका छन । 

 समितीका संयोजक टंक प्रसाईले चन्दा उठाएर नै छ महिना भित्र आदर्श जनता क्याम्पसले मुर्त रुपमा पाउने दावी गर्नु भयो । तीन सय ५० जना स्थानीयवासी क्याम्पसका प्राज्ञिक सदस्य वनेका छन भने घरदैलो अभियानवाट २५ लाख भन्दा वढी सहयोग संकलन भएको क्याम्पस संचालक दिपक रानभाटले वताउनुभयो । क्याम्पसलाई स्थानीयवासीले धमाधम  जग्गा दान पनि गरिरहेका छन ।

 आगामी शैक्षिक सत्र देखि नै शिक्षाशास्त्र संकाय तर्फ क्याम्पसले भर्ना लिने बताएको छ । धार्मिक कार्यक्रमवाट अर्थ संकलन गरेर सार्वजनिक काम गर्ने प्रचलन वढिरहेको वेला कर्मैयावासीले भने घरदैलो अभियानवाटै एक करोड उठाउने लक्ष्य लिएका छन ।

Related

स्थानिय 3627598863908544729

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item