म पत्रकार हुँ तर मेरो पिडा कसले बोलिदिने ?
http://sindhulidarpan.blogspot.com/2011/06/article_27.html
- रविन्द्र गुरुङ
समयभन्दा केही ढिलो आइपुगे उनी । कतै सांसदको कार्यक्रम थियो रे । अब पत्रकार न परे कहाँ के हुँदैछ खबर त टिप्नै पर् यो नि । सांसद त समाचारका श्रोत थिए मसँग त खाली एउटा गफ गर्नु न थियो ।
तराईको तातो घाम अनि उखरमाउलो गर्मी । तापक्रम कति थियो खै मलाई थाहा भएन तर पसिनाको धारामा म निथुक्र थिएँ । पत्रकारहरुसँग केही गफ गर्नु थियो मलाई उनीहरुको केही समस्या बुझ्नु थियो ।
गफ सकिसकेपछि उनी बसिरहे । निकै थकित देखिन्थे अघि गफमा पनि कम बोलेका थिए । मलाई लाग्यो सायद खुल्न चाहदैनन् वा कामबाट निकै थाकेर आएका हुनाले बोल्न मन नलागेको होला । सबै विदा भएर गइसकेका थिए बाँकी थियौँ ऊ म र मेरो एक सहकर्मी । उनको अवस्था देखेर फेरी एकपटक पानी पिउनको लागि आग्रह गरेँ । पानी पिए मज्जाले अनि विस्तारै बोल्न थाले सुरु परिचय बाट भयो अनि आफ्ना कुरा बोल्न थाले ।
कुनै समय उनी एक निजी बैँकमा काम गर्थे । महिनाको तलब राम्रै थियो । भर्खर २ वर्षको लागि बैँकसँग करार गरेका थिए र महिनाको तलब २० हजार सम्म हुने कुरा बैँकले बताईसकेको थियो । उनी खुशी थिए स्नातकमा लेखा (accounting) पढेको काम लागेको थियो ।
तर त्यही बेलामा उनको दाईको हत्या भयो । पत्रकार भएकै कारण र समाचार लेखेकै कारण उनको दाईले ज्यान गुमाउनुपरेको थियो । अपहरणमा परेको हप्तौ पछि उनको शव आयो । दाईको हत्या भएपछि उनले बैँकको जागिर छोडे आफ्ना सपनालाई चटक्क विसे्र र लागे पत्रकारिता पेशामा । उनको अब एउटै उद्धेश्य थियो: आफ्नो दाईको इज्जत र नामलाई अघि बढाउने ।

उनलाई निकै गाह्रो भयो रे सुरुका दिनहरुमा । समाचार लेख्न आउँदैन थियो घण्टौँ सम्म लेख्थे फेरी काट्थे अनि फेरी लेख्थे । कहिलेकाही निकै रुन मन लाग्थ्यो, के गरौँ कसो गरौँ हुन्थ्यो तर पनि लेख्न छोडेनन् । न उनीसँग पत्रकारिताको कुनै अनुभव थियो न त कहिले पढेका नै थिए न कुनै तालीम लिएका नै थिए । तर पनि हार खाएनन् उनले, लेखिरहे र लेखिरहे ।
जब मन अलि खुशी हुन्थ्यो आफ्नो लेखाईमा उनी हतार हतार आफ्नो समाचार पठाउथे काठमाण्डौँको एक टेलिभिजन च्यानलमा जहाँ कुनै जमानामा उनका दाई काम गर्थे । एकदमै मनलगाएर समाचार पठाउथेँ कहिलेकाही महिनामा ४५ वटासम्म समाचार ।

एक्कासी मलिन अनुहार र भिजेका आँखाले म तिर हेर्दै उनले भनेः "अहिले मलाई यो पेशा घाँडो भएको छ । न दाईको सपना छोडेर यो पेशा त्याग्न सक्छु न त यो पेशामा अडिरहन मन छ ।" आफ्नो व्यागबाट कापी कलम क्यामेरा माइक निकालेर मेरो अघि फाल्दै उनले भने "मलाई के दिएको छ मेरो मिडिया हाउसले ? खाली यी यो नोटकपी, यो माइक र यो पत्रकारको ज्याकेट दिएको छ । तलब नदिएको ८ महिना भयो । यो क्यामेराको ६५ हजार पर्छ । कतै घटना घट्यो भने पहिलो हुनुपर्छ समाचार दिनलाई ताकि टेलिभिजनले पहिला फ्ल्यास गरोस् । पहिलो हुन नसके कारवाही भोग्नुपर्छ ।
समाचार संकलन गर्नलाई गाडी वा बाइक चाहियो, पेट्रोल चाहियो क्यामेरा मात्र भएर पनि हुन्न टेप पनि चाहियो । म एउटा समाचार संकलन गर्न १ हजार खर्च गरेर जान्छु समाचार ल्याउँछु बदलामा मलाई टेलिभिजनले एउटा समाचारको भिज्वल सहित ४०० दिन्छु भन्छ तर नदिएको महिनौ भइसक्यो । यसरी मैले दिलोज्यान दिएर काम गर्दा पनि कारवाहीको धम्की भोग्नुपर्छ । दिक्क लाग्छ ।"

उनको यो कुराले मलाई मेरा एक साथीले भनेको कुरा याद दिलायो । उनले भनेका थिए "हामी पत्रकार अरुको दुःखको पिडाको खबर बनाउँछौ र अवस्था सुधार्नका लागि दवाव दिन्छौ । आवाज विहिनहरुका आवाज बन्छौँ तर हाम्रो आवाज बन्ने आवाज चाहि कहाँ होला ? कसले हाम्रो पिडाको बारेमा बोलिदिने होला ।"
यस्तो अवस्थामा पनि उनी आफ्नो संस्था छोड्न चाहदैनन् किनकी दाईको भावना जोडिएको छ त्यो संस्थामा । अन्य संस्थाबाट अवसरका अफर नआएका होइनन् तर उनी दाईले आफ्नो ज्यान दिएको संस्थाका लागि नै काम गर्न चाहन्छन् । यसरी दाईभाई दुवैले माया गरेका संस्था भने निकै अचम्मको संस्था रहेछ । भाईलाई तलब नदिएको ८ महिना भयो तर समाचारकै कारण हत्या गरिएका दाईको पनि २२ हजार दिन बाँकी रहेछ । अर्को संस्थाले पनि उनको दाईलाई २७ हजार दिन बाँकी रहेछ ।
कयौँ पटक गुहार गरे अनुनय विन्ती गरे तर अहँ संस्थासँग पैसा नभएर हो कि उनको पिडालाई बुझ्न नसकेर हो सहयोग त परै जाओस् दाईले गरेको मिहेनतको कमाई पनि पाएका छैनन् । म तिर रसिलो आँखाले हेर्दै भने "कहिले काही मलाई एकदमै पछुतो लाग्छ । घरखर्च चलाउन सकिरहेको छैन, के खाउँ के लाउँ हुने अवस्था आउन लागिसक्यो । फेरी समाचार लेखेकै कारण कति धम्की खप्नुपर्छ । भन्छन् दाईको जस्तै अवस्थामा जान मन छ । ३ ४ दिनसम्म दिमाख पनि चल्दैन ।
आफ्नै अघि दाईको हत्याराहरु छाती फुलाएर हिँडेको देख्छु, खोइ प्रशासनले मलाई न्याय दिन सकेको छैन ? डर लाग्छ मलाई पनि त्यस्तै गरे परिवारका बाँकी सदस्यहरुको हालत के होला ? तर फेरी मन सम्हालिन्छ दाईले गर्नुभएको त्याग सम्झिन्छु र ढृढ भएर अघि बढ्छु । दाईको मृत्युमा ठुलो आवाज निकाल्नेहरुले पनि केही सहयोग गरेनन् संस्थाको त कुरै छाडौँ ।
भतिजलाई आर्मी स्कुलमा भर्ना गराउन प्रधानमन्त्री देखि रक्षा मन्त्रीसम्म धाएँ । दाईले देशकै फाइदाको लागि समाचार लेख्नुभएको थियो र त्यही कारण ज्यान गुमाउनुभयो । लागेको थियो दाईको योगदानको कदर देशले कुनै न कुनै रुपमा गर्ला । स्कुलमा छात्रबृति दिनका लागि प्रधानमन्त्री र रक्षामन्त्रीले तोक पनि लगाइदिए तर स्कुलले यस्तो व्यवस्था छैन भनेर दिन मानेन । प्रधानमन्त्रीको पनि केही नचल्ने देशमा हाम्रो के चल्ला र भन्ने लाग्यो मन भारी बनाएर फर्के ।"

यति हुँदाहुँदै पनि अहिले आफ्नो भतिजलाई उनले काठमाण्डौमा पत्रकारिता पढ्न पठाएका छन् । उनले भने "बुबाको पदचापमा अघि बढोस् भन्ने मेरो इच्छा छ ।" समस्या कयौँ छन् तर पनि उनलाई विस्वास छ एकदिन यो सबै दुःखले सार्थक परिणाम दिनेछ । समाज परिवर्तनमा उनको सहयोग सबैले देख्नेछन् दाईका हत्यामा संलग्न हुनेहरुले कानुनसम्मत सजाय पाउनेछन् र उनको दाईको आत्माले शान्ति पाउने छ ।
उनी आफ्नो मनको भडास पोख्दै थिए । सायद उनीसँग यसरी मनको पीडा पोख्ने अरु ठाउँ थिएन होला वा मलाई मनको नजिक ठाने । उनको कुरा मेरो रेकर्डरले रेकर्ड गरिरहेको थियो तर उनको आँखाको खस्न लागेको आँसु कहि विसाउन नसकेको मनको पीडा उनको दृढता र विस्वास मेरो रेकर्डरले रेकर्ड गर्न सकेन । मेरो मनको कहि कुनै कुनमा यो सबै रेकर्ड भइरहेको थियो र मलाई भित्रभित्रै एक अनौठो पिडा दिइरहेको थियो ।
उनी गएको निकै पछिसम्म पनि मेरो मनबाट उनी हट्न सकेनन् । पत्रकारिता पेशामा लागेर उनले धेरै कुरा गुमाए । नचाहिने पिडा धम्की र दुःख पाए । तर यसका वावजुद उनी समाज परिवर्तनको यो लहरमा उभीरहेका छन्ः ढृड भएर । उनी जस्तै हामी सबै आफ्नो ठाउँबाट अघि बढे देश किन अघि बढ्न नसक्ला र मलाई थाहा छ उनको विस्वासले एकदिन अवस्य स्थान पाउनेछ र वास्तविकता बन्ने छ ।
उनी जस्ता पत्रकारलाई सलाम ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !